back
CTIZAN AD

अफ्रिकाका नेपालीको समस्या समाधान गर्न पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्वता

वि.सं.२०८० माघ ५ शुक्रवार

1.4K 

shares

कम्पाला, युगान्डा । अफ्रिका महादेशमा पहिलोपटक पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले यहाँका नेपालीहरुका समस्या आफुले प्राथमिकतामा राखेर समाधान गर्ने बताएका छन् ।

असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा भाग लिन युगाण्डाको कम्पालामा पुग्ने बित्तिकै गैरआवासिय नेपाली संघ युगान्डा र नेपाली मानार्थ वाणिज्यदूत युगाण्डाको संयुक्त आयोजनामा गरिएको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
त्यसअघि परराष्ट्र मन्त्री एनपी साउँदले बिदेशमा रहेका नेपालीहरुका समस्यामा सरकार जानकार रहेको र यसको समाधानको लागि कटिबद्ध रहेको बताएका थिए । ‘अफ्रिकामा रहेका नेपालीहरुका थप समस्याहरु यहाँ आउदा जानकारी पाएको र यसलाई समाधान गर्ने छौ ।’ उनले भने ।

त्यसअघि एनआरएनए युगान्डाका तर्फबाट अफ्रिकामा नेपालीहरुको स्थिती र बेहर्नु परेको समस्या जानकारी गराइएको थियो । मानव तस्करहरुले ट्रान्जिट र राम्रो कामको प्रलोभनमा यहाँ ल्याई अलपत्र पारिदिने, अबैध रुपमा नेपाली महिलालाई यहाँका डान्सबारमा ल्याउने, श्रम स्वीकृती, पासपोर्ट नविकरण, नेपाल एयरर्पोर्टमा अध्यागमनले दिने दुःख, बैंकिङ्ग कारोबार लगायतका समस्या समधानका लागि अनुरोध गरेका थिए ।

कार्यक्रममा युगाण्डाका लागि नेपालका अवैतनिक वाणिज्य दूत डा. सुधीर रुपारेलियाले युगाण्डामा प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायत उच्च अधिकारीलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताए ।

उनले नेपाल र अफ्रिकाले लगानी र समृद्धिका लागि साझेदारी बढाउन प्रयत्न गर्नुपर्ने आवाश्यकता रहेको समेत बताए । कार्यक्रममा परराष्ट्र सचिव सेवा लम्साल लगायत नेपाल सरकारका उच्च अधिकृतहरुको समेत उपस्थिति थियो ।

एनआरएनए युगान्डाका अध्यक्ष रमा अर्यालको सभापतित्वमा संचालित कार्यक्रममा पूर्व अध्यक्षहरु रमेश कंडेल, बिनोद थापा, प्रेम श्रेष्ठ लगायतले विशिष्ट अतिथीहरुलाई स्वागत गरेका थिए ।

 

वि.सं.२०८० माघ ५ शुक्रवार ०६:५७ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...