back
CTIZAN AD

ब्रुनाई पठाइदिने भन्दै एक महिलालाई भारत लगेर बेच्ने व्यक्ति ३२ वर्षपछि पक्राउ

वि.सं.२०८० माघ ५ शुक्रवार

1.4K 

shares

काठमाडौं । एक महिललाई ब्रुनाई पठाइदिन्छु भन्दै भारत लगेर बेचबिखन गरी फरार भएका एक व्यक्ति ३२ वर्षपछि पक्राउ परेका छन् ।

धादिङ मेत्रावती गाउँपालिका–२ स्थायी घर भएका ५७ वर्षीय वीर बहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
तामाङले पीडितलाई ब्रुनाई पठाईदिने भन्दै झुक्याई २०४७ चैत ३ गते काठमाडौंबाट काकरभिट्टा हुँदै पश्चिम बंगालको बागडोग्रा भन्ने स्थानमा पु¥याई भारतीय नागरीकलाई बेचबिखन गरेको कसूरमा संलग्न रही फरार रहेका थिए । मानव बेचबिखन अनुसन्धान व्यरो बबरमहलबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका–१४ तिखेदेवलबाट पक्राउ गरेको हो ।

उनले पीडितको श्रीमान ब्रुनाईमा रोजगारीमा रहेको बेला ‘श्रीमानले ब्रुनाई ल्याईदिनु भनि मलाई चिठ्ठी पठाएका छन्’ भनि झुक्याई काठमाडौंबाट काकरभिट्टा हुँदै भारत पुपर्याएका थिए ।

ती महिलालाई पश्चिम बंगालस्थित बागडोग्रा भन्ने शहरमा पु¥याई अनजान व्यक्तिको घरमा अपरीचित भारतीय नागरिकहरुको जिम्मामा छोडी गएको, भारतीय नागरिकहरुबाट भारतीय रुपैयाँ १० हजार लिई पीडितलाई बेचबिखन गरेको र भारतीय नागरिकहरुले पीडितलाई रिक्सामा राखी लैजाने क्रममा पीडित रिक्साबाट हाम फाली भारतीय प्रहरीको सम्पर्कमा गएपश्चात उनीहरुले काकरभिट्टा ल्याई छोडीदिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

घटनामा संलग्न अन्य व्यक्तिको खोजी गर्नुका साथै प्रहरीले उनी उपर जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०८० माघ ५ शुक्रवार १४:५१ मा प्रकाशित

संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ : संयोजक दाहाल

संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ : संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवाद,...

नेपालमा बाघको सङ्ख्या ४२९

नेपालमा बाघको सङ्ख्या ४२९

काठमाडौँ । पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ...

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

काठमाडौँ । सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी...

क्यान्सर अस्पतालमा ‘किमो’ लगाउने बिरामीको चाप

क्यान्सर अस्पतालमा ‘किमो’ लगाउने बिरामीको चाप

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शय्या र जनशक्तिका...

एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

काठमाडौँ । एकै दिन देशका विभिन्न भागमा विभिन्न प्रकारका विपद्का...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ...