काठमाडौं । रूपन्देहीमा टिपर अनियन्त्रित भइ खस्दा दुईजनाको मृत्यु भएको छ ।
देवदह नगरपालिका–६ गिद्धे भिरस्थित सडकमा लु.२ ख ४५०९ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर बिहीबार साँझ दुर्घटना हुँदा टिपरमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा टिपरमा सवार पाल्पा माथगढी गाउँपालिका रहबास बस्ने ३५ वर्षीया भिमिसरा सारू र २३ वर्षीया सृजना सारूकी छोरी २ वर्षीया प्रसला सारू रहेका छन् ।
दुर्घटनामा घाइते भएका टिपर चालक समेत २ जनालाई उपचारको लागि मेडिकल कलेज भुलही पठाइएको प्रहरीले जनाएको छ ।
वि.सं.२०८० माघ ५ शुक्रवार १५:०३ मा प्रकाशित






























