back
CTIZAN AD

छ महिनामा १० अर्बको आइपिओ

वि.सं.२०८० माघ ५ शुक्रवार

1.8K 

shares

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा विभिन्न कम्पनीले करिब १० अर्ब रुपैंयाँ बराबरको प्राथमिक सेयर निस्कासन(आईपिओ) अनुमति पाएका छन् ।

धितो–पत्र बोर्डका अनुसार सात कम्पनीहरुले करिब नौ अर्ब असि करोड ५४ लाख रकम बराबरको करिब चार करोड ३३ लाख ७० हजार कित्ता सेयर निस्कासन अनुमती पाएका हुन् ।

सेयर निस्कासन अनुमती पाएका कम्पनीहरुमा तीनवटा उत्पादनमूलक समूहका कम्पनीहरु रहेका छन् भने एउटा जल–विद्युत तथा तीन वटा अन्य कम्पनी समूहका कम्पनीहरु रहेका छन् ।

उत्पादनमूलक कम्पनीहरुतर्फ सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, सर्वोत्तम सिमेन्ट लिमिटेड, तथा रिलायन्स स्पिनिङ् मिल्स लिमिटेड रहेका छन् ।

त्यस्तै जलबिद्युत समुहमा भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड, र अन्य समूहमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, नेपाल वेयर हाउस कम्पनी लिमिटेड, हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् ।

सेयर निस्कासनकाे अनुमती पाएकाे अधिकांस कम्पनीहरू सेयर निस्कासन गरिसकेका छन् । उनीहरूकाेकाे सेयर नेप्सेकाे दाेश्राेबजारमा कराेवारसमेत भैरहेकाे छ भने केही कम्पनीहरूले प्राथमिक सेयर निस्कासनकाे तयारी गरिरहेका छन् ।

२७ कम्पनी आईपिओ निस्कासन अनुमतीको पखाईमा

चालु आर्थिक वर्षको छ महिनामा सात कम्पनीहरुले आईपिओ निस्कासनको अनुमती पाउँदा २७ कम्पनी भने आइपिओ निस्कासन पाउने प्रतिक्षा सूचिमा छन् । यो सूचीमा गत वर्षको पुष महिनामा आईपिओ निस्कासनको अनुमती माग्दै आवेदन दिएको एकर्ड फर्मास्युटिकल्स लिमिटेड र पछिल्लो पटक पुषको १६ गते अनुमतिको लागि आवेदन दिने अन्नपूर्ण केवलकारसमेत रहेका छन् ।

आइपिओ निस्कासनको पर्खाईमा रहेका कम्पनीहरुमध्ये आठवटा अन्य समूहका कम्पनीहरु रहेका छन् । त्यस्तै १४ वटा जलविद्युत कम्पनी समुहका रहेका छन् भने तीनवटा उत्पादनमूलक तथा दुईवटा पर्यटन तथा होटल समूहका कम्पनीहरु रहेका छन् ।

कतिपय कम्पनीहरुको कगजातको अध्ययन भईरहेको तथा कागजात नपुगेका कम्पनीको थप कागजात मगाएर अध्ययन भैरहेको बोर्डले जनाएको छ ।

वि.सं.२०८० माघ ५ शुक्रवार १५:१५ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...