back
CTIZAN AD

कच्ची सडकका कारण ६ महिनामा २९ जनाको ज्यान गयो

वि.सं.२०८० माघ ५ शुक्रवार

1.2K 

shares

ढोरपाटन, (बागलुङ) । पछिल्लोे दुई वर्ष छ महिनामा बागलुङमा सवारी दुर्घटनाबाट २९ जनाले ज्यान गुमाएका छन् ।
यस समयमा ४८ वटा दुर्घटना भएका छन् । दुर्घटनामा ८१ जना घाइते भएका छन् । हरेक वर्ष दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढ्दो रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले जनाएको छ । दुर्घटनाको कारण भने अव्यवस्थित ग्रामीण सडक बनेको छ ।

साँघुरा र अप्ठेरा सडकमा दैनिक सयौँ सवारी तथा मालबाहक गाडी गुड्ने गर्छन् । वर्षौं अगाडि ट्रयाक खुलेका सडकको अहिलेसम्म पनि स्तरोन्नति हुन सकेको छैन । जिल्लामा तीन वटा राष्ट्रिय गौरवका आयोजना पर्छन् । त्यसमध्ये मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डको करिब आठ किलोमिटरबाहेक अन्य सबै कालोपत्रे भएको छ । कालीगण्डकी कोरिडोर र सालझण्डी–ढोरपाटन भने अहिलेसम्म स्तरोन्नतिसमेत हुन सकेका छैन ।

यी सडकमा दैनिक यात्रु जोखिम मोलेरै यात्रा गर्ने हुँदा दुर्घटना हुने गरेको छ । बर्सेनि दर्जन नागरिकले दुर्घटनामा ज्यान गुमाउँदा पनि सरोकारवाला निकायको ध्यान जान सकेको छैन । ट्राफिक प्रहरीले बजार क्षेत्रमा ट्राफिक नियमलाई कडाइका साथ लागू गरे पनि ग्रामीण क्षेत्रमा पुग्न सकेको छैन । गाउँमा ट्राफिक नपुग्दा सवारी चालक अनुमतिपत्र नभएका व्यक्तिले गाडी चलाउँदासमेत दुर्घटना हुने गरेको छ । जिल्ला ट्राफिक कार्यालय बागलुङका ट्राफिक प्रमुख मीनबहादुर खड्का साँघुरा सडक र चालकको लापर्वाहीले दुर्घटना हुने गरेको बताउनुहुन्छ । अहिले जिल्लाका केही बजारी क्षेत्रबाहेक धेरै ठाउँमा ट्राफिक प्रहरीको पहुँच न भएको उनको भनाइ छ ।

“दुर्घटना न्यूनीकरण गर्नका लागि हामी हरसम्भव लागि रहेका छौँ, तर सबैभन्दा बढी दुर्घटना गाउँका कच्ची सडकमा हुने गरेका छन्, सबै ठाउँमा ट्राफिक प्रहरी छैन, सीमित जनशक्तिले धेरै गाडीको चाप हुने ठाउँमा हेर्ने गरेका छौँ”, प्रमुख खड्काले भने, “कहिलेकाहीँ काँचो चालकले गाडी चलाउँदा पनि दुर्घटना भएको छ, भने कहिले मदिरा सेवन गरी चलाउँदा घटना हुने गरेका छन्, हामीले सचेत गराउने काम गरिरहेका छौँ, यात्रु, चालक र सडक प्रयोगकर्ता सबैलाई समय–समयमा सचेतनामूलक कार्यक्रम गरी दुर्घटना न्यूनीकरणका लागि काम गरेका छौँ ।”

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले दुर्घटना हुनबाट जोगाउनका लागि पालिकाले अप्ठेरा र साँघुरा सडकलाई स्तरीकरण गरिरहेको बताए । पछिल्लो सडक सुधार भएपछि तमानखोला क्षेत्रमा दुर्घटनामा कमी आएको उनको भनाइ छ । अहिलेसम्म तमानखोला क्षेत्रमा ट्राफिक प्रहरीको व्यवस्थापन हुन सकेको छैन । बढी गाडीको चाप हुने ठाउँमा सवारी जाँच गर्नुपर्ने उनी बताउँछन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार आव २०७८÷०७९ मा २९ वटा सवारी दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाएका थिए भने २९ जना घाइते भएका थिए । आव २०७९/०८० मा ३२ सवारी दुर्घटनामा १३ जनाको ज्यान गएको थियो भने ३५ जना घाइते भएका थिए । चालु आवको हालसम्म आठ वटा सवारी दुर्घटना हुँदा पाँच जनाले ज्यान गुमाएका छन् । जसमा १९ जना घाइते भएका छन् ।

ट्राफिक प्रहरीले हरेक वर्ष राजस्व पनि बढाउँदै आएको छ । आव २०७८÷०७९ मा रु ६९ लाख ९८ हजार पाँच सय, आव २०७९÷०८० मा रु एक करोड १८ लाख १० हजार सङ्कलन गरेकोमा चालु आवको हालसम्म रु ६७ लाख ३४ हजार पाँच सय सङ्कलन गरेको प्रहरी प्रमुख मीनबहादुर खड्काले जानकारी दिए । यस वर्ष अघिल्लो वर्षको तुलनामा बढी राजस्व सङ्कलन हुने आँकलन गरेको उनको भनाइ छ ।

 

वि.सं.२०८० माघ ५ शुक्रवार १६:१४ मा प्रकाशित

दूर–दराजमा शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै सिटिजन्स बैंक

दूर–दराजमा शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै सिटिजन्स बैंक

काठमाडौँ । विगत् १९ बर्ष देखि आधुनिक एवं सर्वसुलभ बैंकिङ...

सुनसरी घटना : बदलाको भावना त्यागेर संयम अपनाउन प्रधानमन्त्री शाहको आग्रह

सुनसरी घटना : बदलाको भावना त्यागेर संयम अपनाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी...

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...