back
CTIZAN AD

विकट वडाबाट नै सामाजिक सुरक्षा भत्ता वितरण सुरु

वि.सं.२०८० माघ ५ शुक्रवार

1.2K 

shares

मनहरी । मकवानपुरगढी गाउँपालिकाले वडास्तरबाट नै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । बैंकमार्फत वितरण गर्दै आइरहेको सामाजिक सुरक्षा भत्ता अब विकट क्षेत्रका वडामा भने वडा तहबाटै वितरण सुरु गरिएको हो ।

मकवानपुरगढी गाउँपालिकामा आठ वडा छन् । जसमध्ये वडा नम्बर ८ मा वडास्तरबाट बिहीबार पहिलो चरणको भत्ता वितरण सुरु गरेको हो । यातायात र बैंकसँगको पहुँच नभएका, वृद्धवृद्धा, अशक्त अपाङ्गता भएका नागरिकलाई समस्या भएपछि वडा तहबाटै भत्ता वितरण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताए । गाउँपालिकाको केन्द्र मक्रान्चुलीमा नबिल बैंक छ । विभिन्न वडाका नागरिकलाई यहाँ आउन समस्या भएपछि वडाबाटै भत्ता वितरण गरेको अध्यक्ष स्याङ्तानले बताए ।

वडा ८ बूढीचौरमा ६७ जना लाभग्राहीलाई बिहीबार सामाजिक सुरक्षा भत्ता रकम प्रदान गरिएको गाउँपालिकाका पञ्जीकरण शाखा प्रमुख रघुनाथ हुमागाईंले बताए । प्रदेश राजधानी हेटौँडासँग जोडिएको पालिका भए पनि यस गाउँपालिकाका केही वडा विकट र दुर्गममा रहेकाले वडाबाटै भत्ता वितरणको सुरुआत गरिएको हुमागाईंले बताए । अहिले दोस्रो किस्ताअन्तर्गत वडा नम्बर ८ र वडा नम्बर १ लाई विशेष प्राथमिकतामा राखेर वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागिएको उनले सुनाए ।

बूढीचौरमा १६९ जना लाभग्राही छन् । पहिलो दिन ६७ जनालाई भत्ता दिइएको छ । भत्ता वितरण कार्यक्रममा वडा सदस्य गोकुल देवकोटा, बैंक तथा पालिकाका कर्मचारी, इलाका प्रहरी कार्यालय मकवानपुरगढीका सुरक्षाकर्मीलगायतको उपस्थिति थियो ।

बूढीचौरका नागरिक गाउँपालिकाको कार्यालय जान भीमफेदी गाउँपालिकाको बाटो हुँदै हेटौँडा बजारबाट मक्रान्चुली पुग्न बाध्य छन् । हिउँदको समयमा सुकौरा हुँदै आवतजावत गरे तापनि बर्खाको समयमा भने भीमफेदीतर्फको सडक प्रयोग गर्नुपर्ने बाध्यता छ । बूढीचौर पृथ्वीनारायण शाह भीमफेदीको चिसापानीगढीबाट मकवानपुरगढी दरबार आउने जाने पैदलमार्गको रुपमा खुडेधार पैदलमार्ग पर्यटकको गन्तव्यस्थलको रुपमा विकास भएको छ ।

 

वि.सं.२०८० माघ ५ शुक्रवार १६:१६ मा प्रकाशित

क्यान्सर अस्पतालमा ‘किमो’ लगाउने बिरामीको चाप

क्यान्सर अस्पतालमा ‘किमो’ लगाउने बिरामीको चाप

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शय्या र जनशक्तिका...

एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

काठमाडौँ । एकै दिन देशका विभिन्न भागमा विभिन्न प्रकारका विपद्का...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ...

दूर–दराजमा शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै सिटिजन्स बैंक

दूर–दराजमा शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै सिटिजन्स बैंक

काठमाडौँ । विगत् १९ बर्ष देखि आधुनिक एवं सर्वसुलभ बैंकिङ...

सुनसरी घटना : बदलाको भावना त्यागेर संयम अपनाउन प्रधानमन्त्री शाहको आग्रह

सुनसरी घटना : बदलाको भावना त्यागेर संयम अपनाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...