back
CTIZAN AD

कुमारीको अवस्था झन नजुक, खराब कर्जा बढ्दा लगानीकर्ता मारमा

वि.सं.२०८० माघ ७ आइतवार

1.7K 

shares

काठमाडौं । चालु आर्थिक वर्षको पुषसम्ममा कुमारी बैंकको अवस्था झन नाजुक देखिएको छ । बैंकको अवस्था चालु आवबाटनै खराब देखिएको हो ।

बैंकले पुससम्म जम्मा ८६ करोड ७२ लाख ११ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १४।३१ प्रतिशत कम हो । गत वर्ष बैंकले बैंकले एक अर्ब एक करोड २० लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो ।

छ महिनामा बैंकको वितरणयोग्य मुनाफा पनि तीन अर्ब ७७ करोड १८ लाख ३४ हजार रुपैयाँ ऋणात्मक छ ।

पुषसम्ममा बैंकले ब्याज आम्दानी मात्र ३५।०१ प्रतिशतले बढाएर पाँच अर्ब ७२ करोड ५३ लाख ९९ हजार रुपैयाँ पुगेको छ । तर उसको सञ्चालन आय ५।०८ प्रतिशत घटेर १ अर्ब ४९ करोड ३५ लाख १७ हजार रुपैयाँ झरेको छ ।

गत वर्ष एनसिसि बैंकसँग लगनगाँठो कसेको बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा नौ अर्ब ६५ करोड ६३ लाख रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकले तीन खर्ब १८ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गर्दा दुई खर्ब ७५ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
अहिलेसम्मको बैंकको प्रति सेयर आम्दानी ६.६१ रुपैयाँ रहँदा प्रतिसेयर नेटवर्थ १३६.८२ रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा उच्च छ । खराब कर्जा उच्च हुँदा बैंकले थप प्रोभिजन गर्नुपने देखिन्छ । थप प्रोभिजन गर्नु पर्ने भएको बैंकको नाफा थप गिरावट आउने र लगानीकर्ता मारमा पर्ने देखिन्छ । यो अवधिमा बैंकको खराब कर्जा ३।१५ प्रतिशतबाट ह्वात्तै बढेर ४।९७ प्रतिशत पुगेको देखिन्छ ।

वि.सं.२०८० माघ ७ आइतवार १६:१२ मा प्रकाशित

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...