काठमाडौं । बैकिङ् क्षेत्रमा एकल पहिचान बनाएको एनआईसी एशिया बैंकको नाफामा भारि गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार यस्तो देखिएको हो ।
बैंकले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा जम्मा एक अर्ब ९० करोड ३८ लाख सात हजार रुपैयाँमात्र नाफा कमाएको छ ।
बैंकको यो आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनमा ४१।८४ प्रतिशतले कम हो । गतवर्ष बैंकले तीन अर्ब २७ करोड ३३ लाख ३० हजार रुपैयाँ कमाएको थियो । त्यस्तै बैंकको वितरण योग्य नाफा गत वर्ष भन्दा ५९ करोड २२ लाख रुपैयाँ कम छ।
छ महिनामा बैंकको खुद ब्याज वापतको आम्दानी १०।१३ प्रतिशतले घटेले पाँच अर्ब ५४ करोड १४ लाख १७ हजार रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको सञ्चालननाफामा २४।१३ प्रतिशतले ह्रास भई तीन अर्ब ५६ करोड १० लाख ४० हजार रुपैयाँमा झरेको छ ।
बैंकको पुषसम्मको चुक्तापूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १५ अर्ब ६७ करोड ८३ लाख रुपैयाँ रहेको छ ।
यो अवधिमाबैंकले तीन खर्ब ८१ अर्ब २६ करोड ३२ लाख रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब ९३ अर्ब ८० करोड ८४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।
पुषसम्मको बैंकको प्रतिसेयर आम्दानी २५.५२ रुपैयाँ रहँदा प्रतिसेयर नेटवर्थ भने २०५.१० रुपैयाँ रहेको छ । बैंकको निष्क्रिय कर्जा भने झण्डै दोब्बरले बढेर १।१९ प्रतिशत पुगेको छ ।गत वर्ष उसको खरब कर्जा ०।६१ प्रतिशत रहेको थियो ।
वि.सं.२०८० माघ ७ आइतवार १५:४७ मा प्रकाशित






























