back
CTIZAN AD

पालिकाद्वारा बेरोजगार युवायुवतीलाई रोजगारी दिन सवारी चालक तालिम

वि.सं.२०८० माघ ७ आइतवार

1.4K 

shares

दोलखा । भीमेश्वर नगरपालिका–४ मा बेरोजगार युवायुवतीलाई लक्षित गरेर सवारी चालक तालिम सञ्चालन गरिएको छ । वडाध्यक्ष तारानाथ चौलागाईंको अगुवाईमा यहाँका बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यले सवारी चालक तालिम सञ्चालन गरिएको हो ।

तालिम पश्चात् केही व्यक्तिले सरकारले तोकेको मापदण्ड पूरा गरी चालक अनुमतिपत्र (लाईसेन्स) निकाल्न सफल भएका उनले बताए । “यो अभियानमार्फत वडाका युवालाई रोजगारतर्फ लैजान सुरु गरिएको अभियान प्रभावकारी भएको नगरप्रमुख ईश्वरनारायण मानन्धरले बताए । चालु आर्थिक वर्षमा २० जनालाई रोजगारका लागि तालिम दिँदा १० जना सफल भएर ड्राईभर बन्न लागेकाले तालिम उपलब्धिमुलक भएको उनको भनाइ थियो ।

भीमेश्वर–४ का वडाध्यक्ष चौलागाईंले वडाको बजेटबाट युवा स्वरोजगार कार्यक्रमअन्तर्गत तीनपाङ्ग्रे, चार पाङ्ग्रे बोलेरो, ट्याक्सी, अटो ट्याम्पु चलाउन सक्ने गरी तालिम दिइएको बताउँदै यसबाट स्वदेशमै रोजगारीका अवसर सृजना भएको जानकारी दिए । “तालिमका प्रमाणपत्र दिनका लागि मात्रै आयोजना गरिएको छैन”, उनले भने ।

नगरप्रमुख मानन्धरले तालिमको अनुुगमन गरी सीपमूलक ज्ञानको मूल्याङ्कन गरेर मात्रै उनीहरुलाई नगरपालिकाले प्रमाण पत्रवितरण गरेको बताए । नगरप्रमुख मानन्धरले तालिममा सहभागीले चलाएको अटो ट्याम्पुमा यात्रा गरेर सीप परीक्षण गरेकोे वडाध्यक्ष चौलागाईंले जानकारी दिए ।

तालिममा सहभागी स्थानिय पार्वती श्रेष्ठले भनिन्, “यो तालिम अत्यन्तै जीवन उपयोगी भएको छ । विदेश जाने योजनामा थिएँ, अब स्वदेशमा नै ड्राईभर भएर जीविकोपार्जन गर्ने हो ।” उनी जस्तै तालिममा सहभागी अधिकांश उत्साहित छन् ।

वडाले चालक अनुमतिपत्र लिएर आएका तालिममा सहभागीलाई तीनपाङ्ग्रे सावारी किन्न ४० प्रतिशत अनुदान दिने योजना बनाएको वडाध्यक्ष चौलागाईंले जानकारी दिए ।

 

वि.सं.२०८० माघ ७ आइतवार १५:३९ मा प्रकाशित

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...