back
CTIZAN AD

चार विकास बैंक र एक फाइनान्स कम्पनी पनि राष्ट्र बैंकको कारबाहीमा

वि.सं.२०८० माघ ८ सोमवार

1.7K 

shares

काठमाडौं । ठूला वाणिज्य बैंकहरु राष्ट्र बैंकको कारवाहीमा परेको सूचना आइरहेका बेला त्यसको सिको गर्दै विकास बैंकहरु पनि नियम उल्लङ्घनमा अगाडी देखिएका छन् ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सात विकास बैंक र दुई वित्त कम्पनी नियम उल्लङ्घन गरेको अभियोगमा राष्ट्र बैंकको कारवाहीमा परेको विवरणले देखाएको हो ।

कारबाहीमा पर्नेहरुमा एक्सेल डेभलपमेन्ट बंैक, गरिमा विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र रिलायन्स फाइनान्स कम्पनी रहेका छन् । यीमध्ये गरिमा विकास बैंक राष्ट्रियस्तरको विकास बैंक हो ।

नेपाल राष्ट्र बैंकले एक्सेल डेभलपमेन्ट बैंकको संचालक समितिलाई रियल स्टेट र शेयर कर्जा स्वीकृत गर्नुपूर्व ऋणी कम्पनीले उल्लेख गरेको कर्जाहरुको प्रयोजन, उद्देश्य, कर्जा उपयोग हुने क्षेत्र वा आधार, कर्जाको सावाँ व्याज चुक्ता हुने आधार लगायतका विवरणहरुको विश्लेषण नगरेको, कर्जाको रकम ऋणी कम्पनीका सञ्चालक/निजका परिवारका सदस्य बाहेकका असम्बन्धित व्यक्ति÷संस्थालाई समेत भुक्तानी भई कर्जा सदुपयोग भएको नपाइएको र कर्जा तिर्न ऋण रकमको प्रयोग भएको लगायतका गम्भीर प्रकृतिका कैफियतहरु देखिएको, सञ्चालक समितिले आफ्नो अख्तियारीबाट कर्जा प्रवाह गर्दा ड्यु डेलिगेन्स गर्ने नगरेको र कर्जा प्रवाह पश्चात् कर्जाको सदुपयोगिता समेत यकिन गर्ने÷गराउने कार्य नभएको हुँदा निक्षेपकर्ताको हित विपरित काम गरेको देखिएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम सचेत गराइएको छ ।

त्यस्तै राष्ट्रियस्तरको विकास बैंक गरिमा विकास बैंकलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२(१) बमोजिम बैंक तथा वित्तीय संस्थाको सञ्चालकले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले एक वर्ष पूरा नभई आप्mनो नामको धितोपत्र धितो बन्धक राख्न, राख्न लगाउन वा लेनदेन गर्न रोक लगाएको अवस्थामा कालिका लघुवित्त वित्तीय संस्थाका पूर्व अध्यक्षले संस्थाको अध्यक्षबाट राजीनामा गरेको एक वर्ष पूरा नहुँदै निजको नाममा रहेको कर्जा नियमित गर्न शेयर धितो कर्जा दिने कार्यमा गरिमा विकास बैंक संलग्न रहेको पाइएकोले उक्त संस्थालाई भविष्यमा यस्तो कार्य नगर्ने गरी नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १(क) बमोजिम सचेत गराइएको छ ।

उता कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत तथा तत्कालीन सञ्चालक समिति अध्यक्ष, सिन्धु विकास बैंकका सञ्चालक समितिका अध्यक्षलगायत सबै सञ्चालकहरु तथा प्रमुख कार्यकारी अधिकृत, सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लाई सचेत गराएको छ भने रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक समितिलाई नसिहत दिईएको छ ।

नियम उल्लङ्घन गर्ने छ बैंक कार्वाहीमा, दुईलाई नगद जरिवाना

वि.सं.२०८० माघ ८ सोमवार १६:२४ मा प्रकाशित

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

पर्वत । यहाँको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा...

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

सिद्धार्थनगर (भैरहवा) । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित...

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...