काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ७.७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ करोड २८ लाख ७० हजार ३ सय ५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले कुल २५ करोड ७४ लाख ६ हजार ९५ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी ३ अर्ब १५ करोड ५३ लाख रहेको छ ।
नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।
वि.सं.२०८० माघ १४ आइतवार १२:४२ मा प्रकाशित





























