काठमाडौं । नेपाल सरकारको समेत सेयर रहेको सार्वजनिक संस्थान साल्ट ट्रेडिङ कर्पोरेशनको वर्तमान व्यवस्थापन सूचना लुकाउन प्रयासरत रहेको पाईएको छ । नेपालको संविधान २०७२ को धारा २७ बमोजि सूचना माग गर्दा सो कार्यालयले सेवाग्राहीको सूचना माग गरेको पत्र नै दर्ता नगर्ने गरेका कारण यस्तो देखिएको हो ।
गत पुष २६ गते कार्यालय समयमा सो कार्यालयको दर्ता शाखामा सूचना माग गरिएको पत्र दर्ता गर्न जाँदा दर्तामा खटिएका कार्यालयका कर्मचारी सन्तोष सिग्देलले चिठी दर्ता गर्न अश्विकार गरेको सेवाग्राहीले गुनासो गरेका छन् ।
अर्थिक वर्ष २०७८/७९को वार्षिक वित्तिय विवरण अनुसार कम्पनीको खुद सम्पत्ती (नेट वर्थ) एक अर्ब ५ करोड ५४ लाख रहेको छ ।
तर कम्पनीले बैंक तथा वित्तिय संस्थालाई बुझाउनु पर्ने साँवा रकम भने २ अर्ब ६४ करोड ८६ लाख रहेको छ । यो कम्पनीको कूल सम्पत्ती भन्दा झण्डै साढे दुई गुणाले बढी हो ।
सिग्देलले चिठी दर्ता गर्न अस्विकार गरेपछी कार्यालयका सूचना अधिकारीलाई सम्बोधन गरेको सो पत्र उक्त कार्यालयका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठका सूरक्षा प्रमुख चेतबहादुर तिमल्सिनालाई छोडेको ती सेवाग्राहिले बताए । सूचना माग गरेको चिठी छोडेपछि तिमिल्सिनाले ‘यो चिठी डस्टबिनमा फल्दिने’ भन्दै धम्क्याएको सेवा ग्राहीको आरोप छ ।
सूचना माग गर्दा कर्मचारीको अभद्र व्यवहार
सूचना अधिकारी समक्ष सूचना माग गरेको पत्रको १५ दिनको समयावधि सकिएपछि पुनः कार्यालय प्रमुख समक्ष उजुरी गर्नुपर्ने कानुनी व्यवस्था बमोजिम सूचना अधिकारीलाई निवेदन दिएको १७ औं दिन माघ १४ गते कार्यालय समयमा ती सेवाग्राहीले पूनः कार्यालय प्रमुखलाई सम्बोधन गरेको पत्र दर्ता गर्न पुगेका सेवाग्राहीलाई तिनै दर्तामा बसेका कर्मचारी सिग्देल र सुरक्षा प्रमुख तिमल्सिनाले दुर्व्यवहार गरेका छन् ।
दर्तामा बसेका सिग्देलले कार्यालय प्रमुख नभएकोले पत्र दर्ता गर्न नमिल्नेभन्दै सुरक्षा गार्ड तिमल्सिनालाई बोलाएको तथा तिमल्सिनाले यो निजी कम्पनी हाे यहाँबाट तुरुन्त गैहाल् भन्दै अभद्र व्यवहार गरेको सेवा ग्राहीको गुनासो छ ।
कर्मचारीले दुर्ब्यबहार गरेपछि हुलाक मार्फत पत्र प्रेसित गरेको ती सेवाग्राहीले बताए ।
यस विषयमा बुझ्न कार्यालय प्रमुख श्रेष्ठलाई सम्पर्क गर्दा उनको फोन उठेन ।
अनियमितताकाे अशंकामा यस अघि पनि साल्ट ट्रेडिङ्मा विभिन्न व्यक्तिहरुले सूचना माग्दा नपाएपछि सूचना आयोगमा उजुरी परेको सूचना आयोग श्राेतले जानकारी दिएकाे छ ।
कस्तो संस्था हो साल्ट ट्रेडिङ् ?
नेपालमा नुनको श्रोत नभएका कारण जनतालाई सर्वशुलभ रुपमा नुन पुर्याउने उद्देश्यले २०२० साल भाद्र २७ गते तत्कालिन सरकारले सरकारी स्वामित्वको सार्वजनिक संस्थानको रुपमा साल्ट ट्रेडिङ् कर्पोरेसनको स्थापना गरेको देखिन्छ । नुनका अलवा यसले सहुलियत दरमा अन्य विभिन्न बस्तुहरूकाेसमेत व्यापार गर्ने गरेकाे छ भने सरकारले चिनी, र रासायनिक मल आयातकाे लागिसमेत भन्सारमा सहुिलयत दिएकाे छ ।
सरकारले सर्वजनिक गरेको २०८० को विवरण अनुसार अधिकृत र जारी पूँजी रु एक अर्ब भएको यो सार्बजनिक संस्थानको चुक्ता पूँजी २५ करोड ३५ लाख रहेको छ भने यो समाचार तयार पर्दा सेयको दोश्रो बजारमा यसको प्रति कित्ता सेयर मूल्य ५ हजार दुई सय ८० रहेको छ ।
अर्थिक वर्ष २०७८/७९को वार्षिक वित्तिय विवरण अनुसार कम्पनीको खुद सम्पत्ती (नेट वर्थ) एक अर्ब ५ करोड ५४ लाख रहेको छ ।
तर कम्पनीले बैंक तथा वित्तिय संस्थालाई बुझाउनु पर्ने साँवा रकम भने २ अर्ब ६४ करोड ८६ लाख रहेको छ । यो कम्पनीको कूल सम्पत्ती भन्दा झण्डै साढे दुई गुणाले बढी हो ।
के छ सूचनाको हकसम्बन्धि कानूनी व्यवस्था ?
नेपालको संविधान २०७२ को धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ४ र ७ मा प्रस्ट व्यवस्था छ ।
ऐनको धारा ४ मा सार्वजनिक निकायको दायीत्व अन्तर्गत प्रत्येक सार्वजनिक निकायले नागरिकको सूचनाको हकको सम्मान र संरक्षण गर्नु गराउनु पर्नेछ भनिएको छ भने ऐनको धारा ७ मा सूचना प्राप्त गर्ने कार्यविधि प्रस्ट लेखिएको छ ।
सूचनाकाे हक सम्बन्धि व्यवस्था हेर्न यहाँ क्लिक गर्नु हाेस्
वि.सं.२०८० माघ १५ सोमवार १५:३० मा प्रकाशित






























