back
CTIZAN AD

गोर्खा वारियरको ट्रेलर सार्वजनिक, दर्शकमा उत्साह

वि.सं.२०८० माघ १६ मंगलवार

1.1K 

shares

काठमाडौं । फागुनबाट ११ गते नेपालमा रिलिज हुने एतिहाँसिक अन्तर्राष्ट्रिय चलचित्र गोर्खा वारियरको ट्रेलर अहिले निकै हिट छ । मिलन चाम्सद्धारा निर्देशित यो चलचित्रको ट्रेलरलाई अहिले धेरैले आफ्नो च्यानलबाट समेत शेयर गरेका छन् ।

११ माघमा ओएसआर डिजिटलबाट रिलिज भएको गोर्खा वारियरको नेपाली संस्करणको ट्रेलरले अहिले सर्वाधिक सकरात्मक प्रतिक्रिया पाएको छ ।

ओएसआर डिजिटलबाट रिलिज भएको पाँच दिनमा यो फिल्मको ट्रेलरले ४ लाख ५० हजार भन्दा बढी भ्युज पाएको छ ।

यो ट्रेलरलाई २५ हजार दर्शकले लाईक गरेका छन् । यो एक्सन क्राईम तथा हिस्टोरीकल जनरामा निर्मित चलचित्र भएकाले यसको ट्रेलरलाई बुष्ट गर्न नमिले पनि दर्शकको हेराईबाटै दैनिक करिब एक लाख भ्युज यसले पाउँदै आएका निर्देशक मिलन चाम्सले बताएका छन् । यस्तै यो अवधिमा एक हजार तीन सय भन्दा बढी कमेन्ट यो ट्रेलरले पाएको छ । कमेन्टमा फिल्म हलमा हेर्न म आतुर रहेको प्रतिक्रिया दर्शकले दिएका छन् ।

यस्तै काठमाडौंको वान सिनेमाले पनि यो चलिचत्रको ट्रेलरलाई आफ्नो साईटमा राखेको छ । सो साईटमा पनि गोर्खा वारियरको ट्रेलरले करिब तीन लाख भ्युज पाएको छ ।

२२ हजार लाईकसँगै दर्शकले गरेको पाँचसय भन्दा बढी दर्शकको पूर्ण सकरात्मक प्रतिक्रिया यसमा आएको छ । यो सहित विभिन्न एक दर्जन भन्दा बढी सिनेमा हल र अन्य च्यानलमा गोर्खा वारियरको ट्रेलर राखिएको छ । सबै ट्रेलरमा पूर्ण प्रसँसायुक्त प्रतिक्रिया रहेको छ ।

चलचित्रमा क्याप्टेन रितेश चाम्स, क्याप्टेन विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । अभियनमा बेलायतबाट डिप्लोमा गरेका यो चलचित्रका मुख्य अभिनेता रितेश चाम्सले गोर्खा वारियरबाटै चलचित्र अभिनयमा डेब्यु गरेका हुन् ।

गोर्खा वारियर नेपाली, हिन्दी, अँग्रेजी र कोरियनगरी चार भाषामा निर्माण भएको छ । यो चलचित्रको नेपाली संस्करण तयार भईसकेको छ भने हिन्दी, कोरियन र अँग्रेजी सँस्करणको निर्माण पनि अन्तिम अबस्थामा पुगेको छ ।

गोर्खा वारियरमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन रहेको छ । जसमा हिमाल केसीको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी छ । यसको गीत शैलेन्द्र खनाल ‘शरद’ले लेखेका हुन भने जसमा एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ । फिल्मलाई राजेन्द्र मोक्तानको रंग संयोजन गरेका छन् ।
गोर्खा वारियरको निर्मातामा सुमन राई, सुस्मिता वाइवा, कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।

चलचित्र गोर्खा वारियर रिलिज अघि नै निकै चर्चामा छ । पहिलोपटक बेलायतमा हालै ऐतिहाँसिक रेड कार्पेट प्रिमियर गरेपछि ‘गोर्खा वारियर’ले अन्तराष्ट्रिय जगतमै चर्चा पाएको हो ।

त्यसो त गोर्खा वारियरले हालै ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस्’ (बाफ्टा) अवार्डका लागि प्रवेश पाएपछि यसको चर्चा झनै बढ्यो । नेपालमा यो चलचित्रलाई नेपालमा श्री बेंकेटेस फिल्मस्का मनोज राठी र उज्ज्वल पौडेलले नेपालमा बितरण गर्दैछन् ।

 

वि.सं.२०८० माघ १६ मंगलवार १६:३२ मा प्रकाशित

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...