back
CTIZAN AD

गुणस्तरहीन खाद्यवस्तुको आपूर्ति नियन्त्रण गर्न ‘मोबाइल भ्यान’ सञ्चालन हुँदै

वि.सं.२०८० माघ १९ शुक्रवार

885 

shares

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले गुणस्तरहीन खाद्यवस्तुको आपूर्ति नियन्त्रण गर्न ‘मोबाइल ल्याब भ्यान’ तत्काल सञ्चालन गरिने बताएका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा बिहीबार आयोजित कार्यक्रममा मन्त्री भुसालले बजारमा मानव स्वास्थ्यमा असर पार्ने गुणस्तरहीन खाद्यवस्तुको बिगबिगी बढेकाले त्यसलाई रोक्न तथा वस्तुको गुणस्तर परीक्षणका लागि प्रयोगशालासहितका भ्यान सञ्चालन गरिने बताए ।

राम्रो काम गर्दा आउने चुनौतीको सामना गर्न तयार हुनुपर्ने बताउँदै उनले भने,“यो भ्यान कुनै पनि हालतमा सञ्चालन गर्नुपर्नेछ ।”

मन्त्री भुसालले जनतासँग खाद्यको विषय जोडिएको भन्दै विभागले काममा सक्रियता देखाउनुपर्नेमा जोड दिए । उनले विभागलाई प्रगति विवरण अर्धवार्षिक रुपमा नभएर मासिक रुपमा सार्वजनिक गर्न निर्देशन दिँदै भने, “विभागभित्र प्रगति पेस गरेर जनताले सुन्दैनन्, अब मासिक रुपमा कामको विवरण सार्वजनिक गर्नुस्, आफूले गरेको काम जनताको बीचमा लैजानुस् । यसले समग्र विभाग, मन्त्रालय र सरकारको प्रगति देखिन्छ ।”

सरकारले रु २४ करोड खर्चेर खरिद गरेका प्रयोगशालासहितका केही मोबाइल भ्यान प्रयोगविहीन छन् ।

 

वि.सं.२०८० माघ १९ शुक्रवार ०६:३८ मा प्रकाशित

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...