back
CTIZAN AD

उदाहरणीय बन्यो इलामका चापागाईको सुन्तला बगान

वि.सं.२०८० माघ १९ शुक्रवार

1.2K 

shares

इलाम । जिल्लाका विभिन्न क्षेत्रमा सुन्तला मासिँदै गएर उत्पादनमा कमी आएका बेला इलामको एउटा बगान भने उदाहरणीय बनेको छ । बीस रोपनी क्षेत्रफलमा इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईंले गरेको सुन्तला खेती लोभलाग्दो छ ।

यस वर्ष उनले रु १० लाखमा बगान बिक्री गरे । लटरम्म फलेका सुन्तला चाख्न, फोटो खिच्न र खेतीको तरिका सिक्न स्थानीय बगानमै पुग्न थालेका छन् । सामवेद र उनकी पत्नीलाई त्यहाँ आउने पर्यटकको घुइँचो व्यवस्थापन गर्न यतिबेला भ्याइनभ्याइ हुन्छ । पुस पहिलो सातादेखि अहिलेसम्म उनको घर वरिपरि पहेँलपुर सुन्तलाको भिडियो बनाउने, फोटो खिच्ने र सुन्तलाबारीमै रमाउनेको आउ–जाउ बाक्लो छ ।

नगरप्रमुख केदार थापाले उनकोे बगानमा पुगेर अवलोकन गरेका छन् । नगरप्रमुख थापाले नगरले किसानका लागि विभिन्न अनुदान र सहयोगका कार्यक्रम वास्तविक किसानसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । “सरकारले दिने अनुदान पनि वास्तविक किसानसम्म पुग्यो भने मात्रै कृषिमा प्रोत्साहन हुन्छ”, उनले भने, “नगरपालिकाले किसानका लागि विभिन्न कार्यक्रम ल्याएको छ, दूध, चिया, अलैँचीजस्तै सुन्तला पनि किसानको निकै सम्भावनायुक्त खेती हो भन्ने उदाहरण यो बगानले देखाएको छ ।”

नगर प्रमुखसँगै बगान पुगेको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेलले चापागाईंजस्ता मेहनती किसान सबैका लागि प्रेरणा भएको बताए । “हामी उपभोक्ताले पनि स्थानीय उत्पादनलाई नै प्राथमिकता दिने हो भने किसानलाई निकै ठूलो सहयोग पुग्छ”, पौडेलले भने, “फलफूलका रूपमा पनि आयातितलाई भन्दा स्थानीय उत्पादन नै उपभोग गर्नुपर्छ भन्ने चेतना विकास गर्नु आवश्यक छ ।”

किसान सामवेद सशस्त्र द्वन्द्वका पीडित छन् । उनका बुबा लेखनाथको सशस्त्र द्वन्द्वकालमा हत्या भएको थियो । त्यसपछि सामवेदको परिवार जिल्लाकै नामसालिङ गाउँबाट बरबोटेमा बसाइ सरेको रहेछ । नामसालिङमै हुँदा पनि सुन्तला खेतीमा रमाएको उनकोे परिवार २० वर्षयता बरबोटेमा पनि सुन्तलामै सफलता हासिल गरिरहेको छ । उनकोे सुन्तला बगान यो सालको जिल्लाकै ठूलो बगान पनि हो । कुनै वर्ष रु तीन हजारमा बिक्री भएको सुन्तला किसान चापागाईंले यो साल रु १० लाखमा बिक्री गरेका छन् ।

सुन्तला लगाएको पहिलो वर्ष रु तीन हजारमा बिक्री गरेको सम्झँदै सामवेदले यस वर्ष आफ्नो बगानको सुन्तला पाक्न नपाउँदै रु १० लाखमा बिक्री भएको बताए । जिल्लाका विभिन्न ठाउँमा सुन्तला मासिँदै गएकाले चापागाईंको जस्तो बगान भेट्न निकै मुस्किल पर्छ । “गत वर्ष रु चार लाखमा बिकेको यो बगानमा यस वर्ष उत्पादन राम्रो छ”, उनले भने, “धेरैतिर उत्पादन कम भएपछि व्यापारीले पोहोरको तुलनामा दोब्बरभन्दा बढी मूल्य दिएका छन् ।”

कृषि ज्ञान केन्द्रले पनि चापागाईंको बगान नै इलाममा अहिले सबैभन्दा बढी सुन्तला उत्पादन हुने बगान रहेको हुनसक्ने जनाएको छ । केन्द्रले किसानलाई सुन्तला खेतीमा अनुदान र प्राविधिक सहयोग गरिरहेको बताएको छ । जिल्लामा भने सुन्तला उत्पादन घटेको छ । गत वर्ष दुई हजार सात सय ४४ मेट्रिक टन सुन्तला उत्पादन भएको इलाममा यस वर्ष दुई हजार सात सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको कर्मचारी रुजन खड्काले बताए ।

कार्यालयका अनुसार यस वर्ष इलाममा विगतको तुलनामा सुन्तलाखेती गर्ने क्षेत्रफलसमेत घटेको छ । आव २०८०÷८१ मा दुई सय ७८ दशमलव पाँच हेक्टरमा मात्र सुन्तलाखेती भएको छ । गत आव २०७९÷८० मा दुई सय ८० हेक्टरमा सुन्तलाखेती गरिएको थियो । इलाम–५ माइजोगमाईको नामसालिङ, रोङको वडा नम्बर–६ लगायत क्षेत्रमा व्यावसायिक रुपमा सुन्तला उत्पादन भएको उनले बताए ।

“पुरानो बोट, रोग–कीरा, मौसम परिवर्तन, समयमा काटछाँट, सिँचाइ अभाव, जलवायु परिवर्तनको असर आदि कारणले पनि बगान मासिँदै गएका छन”, उनले भने, “अहिले उच्च क्षेत्रमा पनि सुन्तला फल्न थालेको खबर आएका छन्, किवीखेती हुने स्थानतिर सुन्तला फलेको पाइएको छ ।” केन्द्रले पनि सुन्तला मासिन नदिन बगैँचा व्यवस्थापन सुदृढीकरण कार्यक्रम सुरु गरेको छ । चार नगरपालिका र छ गाउँपालिका भएको इलामका दश स्थानीय तहमा नै सुन्तलाको आंशिक खेती हुँदै आएको छ ।

 

वि.सं.२०८० माघ १९ शुक्रवार १३:४६ मा प्रकाशित

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...