back
CTIZAN AD

जनशक्तिको अभावले चियाखेती अलपत्र

वि.सं.२०८० माघ २० शनिवार

1.1K 

shares

पर्वत । दक्ष जनशक्तिको अभावमा जिल्लाको महाशिला गाउँपालिका-६ फलामखानीमा लगाइएको चियाखेती अलपत्र बनेको छ । साविक धौलागिरि अञ्चलमा नै पहिलो पटक सुरु गरिएको व्यावसायिक चियाखेतीबाट वार्षिकरुपमा लाखौँको आम्दानी गर्न सकिने भए पनि प्राविधिक तथा तालिम प्राप्त जनशक्ति नहुँदा अलपत्र जस्तै बनेको हो ।

झन्डै डेढ दशकअघि लगाइएको चियाखेतीबाट पहिला पटक दुई वर्षअघि १० किलोग्राम जैविक चिया उत्पादन गरिएको भए पनि चियाको मुना टिप्ने र प्रशोधन गर्ने जनशक्ति नभएपछि पुनःअलपत्र जस्तै बनेको वडा नं ६ फलामखानीका वडाध्यक्ष गोविन्दबहादुर विकले जानकारी दिए ।

यहाँ १४ हजारभन्दा बढी चियाका बोट रहेका छन् । विसं २०६७ मा तत्कालीन जिल्ला विकास समितिको सहयोगमा सुरु गरिएको चियाखेती लामो समय संरक्षणको अभावमा गौचरनमा परिणत भएको थियो । उतिबेला २० हजार बिरुवा लगाइएकामा संरक्षणको अभावमा झण्डै १० हजार मात्रै कायम रहेका थिए । दुई वर्षअघि थप चार हजार गरी १४ हजारभन्दा बढी बोट उत्पादनका लागि तयार भए पनि मुना टिप्न र प्रशोधन गर्न जनशक्ति नुहँदा अलपत्र बनेको विकले बताए ।

गाउँपालिकाले आगामी वर्ष थप ४० हजार बिरुवा रोप्नेगरी नर्सरीसमेत तयार गरेको अध्यक्ष विकले बताए । चार वर्षअघिदेखि गाउँपालिकाको पहलमा गोडमेल तथा संरक्षण गर्न थाले पनि उत्पादन गरेर आम्दानी गर्न भने नसकिएको विकले बताए । साविक फलामखानी गाविसको वडा नं ४, ५, ७, ८ र ९ का दलित समुदायको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले चियाखेती सुरु गरिएको थियो ।

इलामको जस्तै हावापानी भएकाले यहाँ चियाखेतीको सम्भावना रहेको छ । इलामको जस्तै व्यावसायिक चियाखेती विस्तार गर्ने उद्देश्यले योजना सुरु गरिए पनि स्थानीयले भने कुनै चासो नदेखाएपछि समस्या भएको थियो । करिब १८ सय मिटरको उचाइमा रहेको साविक फलामखानी गाविसलाई चियाखेतीको पकेट क्षेत्र बनाउने गरी तत्कालीन समयमा २० हजार चियाका बिरुवा रोपिएको थियो ।

नगदेबालीका रुपमा चिया खेतीलाई प्रवद्र्धन गर्नकै लागि पहिलो चरणमा तत्कालीन जिविसले ६० रोपनी क्षेत्रफलमा चियाखेतीको सुरुआत गरेको थियो । साविकको गाविस-४ र ५ नं वडामा लगाएका बिरुवा स्थानीयले संरक्षण नगर्दा नष्ट भए पनि वडा नं ७, ८ र ९ मा भने बिरुवा जिवितै रहेका थिए । अहिले स्थानीय समुदाय चियाखेतीतर्फ आकर्षित हुन थालेका छन् । आगामी वर्ष थप ४० हजार बिरुवा रोपेपछि यसलाई व्यावसायिकरुपमा उत्पादन तथा प्रशोधनसमेत गरिने गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए ।

गाउँपालिकाले बर्सेनि यसको विकासका लागि रकम विनियोजन गर्दै आएको छ । गत वर्ष गण्डकी प्रदेशबाट लक्षित कार्यक्रमअन्तर्गत विनियोजन भएको रु २० लाखबाट चियाबगानको संरक्षणका लागि तारजाली लगाउने, गोडमेल गर्ने र नर्सरी स्थापना गर्ने काम भएको पालिकाले जनाएको छ ।
रासस/फाइल फोटो

वि.सं.२०८० माघ २० शनिवार १६:२४ मा प्रकाशित

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...