काठमाडौं । अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको १ सय दरको २ सय ५० थान गरी जम्मा २५ हजार अमेरिकी डलरसहित एक चिनिया नागरिक पक्राउ परेका छन् ।
चिनियाँ नागरिक २९ वर्षीय CUI BINGCAN लाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
चाईना साउथर्नको उडानद्वारा काठमाडौंबाट चीनको गोन्जाउ जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको ब्यागभित्र उक्त डलर फेला पारी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
वि.सं.२०८० माघ २२ सोमवार १३:४६ मा प्रकाशित






























