back
CTIZAN AD

सूर्यज्योति लाईफको नाफामा उछाल

वि.सं.२०८० माघ २२ सोमवार

1.2K 

shares

काठमाडौं । सूर्यज्योति लाईफ ईन्स्योरेन्सको नाफामा उछाल आएको छ । साविको ज्योति लाईफ र सूर्य लाईफ मर्ज भएर बनेको यस कम्पनीको नाफा चालु आर्थिक वर्षको दास्रो त्रैमाससम्म ह्वात्तै बढेको हो ।

गत आवको दोस्रो त्रैमाससम्म कम्पनीले १४ करोड ५२ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोहि अवधिमा यस्तो नाफा ६२.९३ प्रतिशतले बढेको छ । चालु आवको सोहि अवधिमा कम्पनीले २३ करोड ६६ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले कुल बीमाशुल्क संकलन पनि बढाएको छ । गत आवमा कम्पनीले २ अर्ब ६८ करोड १७ लाख ९० हजार रुपैयाँ कुल बीमाशुल्क संकनल गरेको थियो । कम्पनीले यस्तो शुल्क चालु आवको सोहि अवधिमा ४ अर्ब २८ करोड ३५ लाख १३ हजार रुपैयाँ संकलन गरेको छ ।

यो अवधिका कम्पनीले जीवन बीमा कोषमा रकम बढाएको छ । कम्पनीको उक्त फण्डमा गत आवको दोस्रो त्रैमाससम्म २४ अर्ब ९ करोड ६ लाख रुपैयाँ थियो । चालु आवको सोहि अवधिमा यस्तो उक्त फण्डको रकम २६.६८ प्रतिशतले बढेको छ । हाल सो फण्डमा ३० अर्ब ५१ करोड ६९ लाख रुपैयाँ रहेको छ ।

यसैगरी कम्पनीले यो अवधिमा लगानी पनि बढाएको छ । गत वर्षको तुलनामा कम्पनीले २९.२४ प्रतिशतले लगानी बढाएको हो । गत वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले कुल २५ अर्ब ९५ करोड ४१ लाख रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको थियो । चालु आवको दास्रो त्रैमासम्म आईपुग्दा यस्तो लागनी बढेर ३३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ पुगेको छ ।

हाल ४ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ चुँक्ता पुँजी रहेको यस कम्पनीको पीई रेसियो ५१.८७ रहेको छ । त्यसैगरी, प्रति शेयर आम्दानी १०.४१ रुपैयाँ र नेट वर्थ १६५.१५ रुपैयाँ रहेको छ ।

वि.सं.२०८० माघ २२ सोमवार १४:३५ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...