back
CTIZAN AD

युक्रेन युद्धमा प्रयोग भइरहेका नेपालीहरुलाई सकुशल नेपाल फिर्ता गर्न भन्दै प्रदर्शन

वि.सं.२०८० माघ २२ सोमवार

1.2K 

shares

काठमाडौं । युक्रेन युद्धमा प्रयोग भइरहेका नेपालीहरुलाई सकुशल नेपाल फिर्ता गर्न भन्दै दूतावास अगाडि प्रदर्शन भएको छ ।

नेपालीहरुलाई रुसी सेनामा भर्ती गर्ने र युद्धमा प्रयोग गर्ने कार्यको विरोध गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको हो । काठमाण्डौस्थित रुसी राजदुतावास अगाडि सोमबार भएको प्रदर्शनमा नेपालीहरुलाई रुसी सेनामा भर्ती गर्ने र युक्रेनसँगको युद्धमा प्रयोग गर्ने कार्य तत्काल रोक्न र युद्धमा प्रयोग भइरहेका नेपालीहरुलाई विना सर्त सकुशल नेपाल फिर्ता गर्न रुसलाई आग्रह गरिएको छ ।

रुसी सेनामा भर्ती भएका एक दर्जन बढी नेपालीहरु सो युद्धमा मारिएको, सय भन्दा बढी नेपालीहरु वेपत्ता भएको र ठूलो संख्यामा नेपालीहरु रुसी सेनामा भर्ती भएको तथ्य प्रकाशमा आएको समेत समाजद्वारा जारी विज्ञप्तिमा उल्लेखछ ।
सन् २०२२ को फेब्रेअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपश्चात शुरु भएको रुस युक्रेन युद्धको ७१२ औँ दिन आयोजित प्रदर्शनमा शान्तिवादीहरुले रुसः क्षति अति भयो–युद्ध तत्काल अन्त्य गर, रुसः युद्ध रोक–शान्ति रोज लगायतका नारासहितको व्यानर लिएर प्रदर्शनमा उत्रिएका थिए ।

प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, पूर्व सभापतिहरु होमकान्त चौलागाई, डा. गंगाधर अधिकारी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रेनुका पौडेल, शान्तिवादीहरु डा. केदारनरसिंह केसी, चन्द्रमणी बञ्जारा, किरण ढकाल, दिवाकर पुडासैनी, बटुकृष्ण ढुंगेल, जगन्नाथ पुडासैनी, भगवान पुडासैनी, विकास थापा, तुलसीराम भण्डारी, उमा गौतम, यमुना कँडेल, रोज विष्ट, रिता अधिकारी, सुप्रिया सापकोटा, जानुका पन्त, ईश्वर पुडासैनी, नानीकाजी गिरी, सार्जन चापागाई, मणिराम दाहाल, वुद्ध रिसाल, मधु पुडासैनी, लक्ष्मण पुडासैनी, बाबुराम न्यौपाने, केशव पुनसहित शान्तिवादीहरुको सहभागिता थियो ।

यसैगरी शान्ति समाजद्वारा सञ्चालित युद्ध निषेधः शान्ति विशेष अभियानका क्रममा माघ २१ गते शान्ति समाजका चितवन, सुर्खेत, पाल्पा, दाङ र रुपन्देही शाखाले प्रदर्शन गरेका थिए ।

 

वि.सं.२०८० माघ २२ सोमवार १५:४७ मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...