back
CTIZAN AD

पुल बन्न थालेपछि ठूलाचौर गाउँका नागरिक खुसी

वि.सं.२०८० माघ २२ सोमवार

906 

shares

तुलसीपुर (दाङ) । दाङको बबई गाउँपालिका–२ स्थित ठूलाचौर गाउँका नागरिक वर्षाको समयमा ट्वाङखोलामा आउने भेलले आवागमन ठप्प हुने गरेको थियो ।

लुम्बिनी प्रदेश सरकारको रु ४६ लाख लागतमा उक्त खोलामा झोलुङ्गे पुल निर्माण हुन थालेपछि स्थानीय खुसी भएका छन् । आगामी वैशाखमा सक्नेगरी झोलुङ्गे पुल निर्माण सुरु भएको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए ।

घुरिनडाँडा–ठुलचौर जोड्ने गरी झुलुङ्गे पुल निर्माण सुरु भएको हो । ठूलाचौरमा करिब २० घर छन् । यहाँका करिब ३५ जना विद्यार्थी नियमित उक्त पुलको बाटो भएर विद्यालय जाने गरेका छन् ।

पुल नहुँदा विद्यार्थीहरु वर्खा लाग्यो भने पढ्नबाट वञ्चित हुन्छन् । “गाउँमा कोही बिरामी परे पनि कसरी अस्पतालसम्म लैजाने भन्ने चिन्ता हुन्छ । वारी विद्यालय, पारी गाउँ छ”, स्थानीय गङ्गाराम विकले भने, “पुल नहुँदा वारीबाट पारी हेर्ने मात्रै हुन्छ, पुग्न सकिदैन ।” पुल बन्ने भएपछि खुसी मिलेको उनको भनाइ थियो ।

वर्षामा आउने खोलाले यहाँको दुई गाउँलाई अलग गराउने स्थानीय बताउँछन् । बबई–२ मा पर्ने ठूलाचौरका नागरिक वर्षामा वारीपारि गर्न सक्दैनन् ।

“विद्यार्थी पनि वर्खा भरि विद्यालय जान पाउँदैनन् । पानी पर्न थालेपछि विद्यालय जान नसकेर सबै घरमा बस्न बाध्य हुन्छन”, स्थानीय दिला विश्वकर्माले भने । खोलामा पुल नुहुँदा यसरी वर्षेनी समस्या भोग्नु परेको उनकोे भनाइ थियो । पुल निर्माण भइरहेको भन्दै समयमै सम्पन्न भए वर्षामा आवागमन सहज हुने उनले बताए । फाइल फाेटाे 

 

वि.सं.२०८० माघ २२ सोमवार १६:१० मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...