काठमाडौं । बितेका छ महिनामा तीन हजार ४५ जना लागुऔषध कारोबारी पक्राउ परेका छन् ।
चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र लागुऔषधसम्बन्धी अपराधमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
उक्त अवधिमा दुई हजार सात सय ५८ पुरुष र एक सय ४४ जना महिला, एक सय ३३ जना विदेशी पुरुष र १० जना विदेशी महिला पक्राउ परेका हुन् । यीमध्ये एक हजार नौ ६० मुद्दा दर्ता भएका छन् । पक्राउ परेकाहरू गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन, सेवन गर्ने तथा यसको अवैध ओसारपसारमा संलग्न रहेका हुन् ।
उनीहरूबाट आठ हजार तीन सय २० केजी गाँजा, चरेश तीन सय आठ केजी चरेस, १० केजी हेरोइन, २७ केजी अफिम र तीन केजी कोकिन सोही अवधिमा बरामद गरी नष्ट गरिएको समाचारकक्षले जनाएको छ ।
फाइल फाेटाे
वि.सं.२०८० माघ २२ सोमवार २२:४७ मा प्रकाशित






























