back
CTIZAN AD

चुरोटको ठुटाबाट सल्किएको आगोले घर खरानी, एक जना घाइते

वि.सं.२०८० माघ २३ मंगलवार

1.3K 

shares

सल्लेरी (सोलुखुम्बु) । सोलुखुम्बुको सोताङ गाउँपालिका-५ शिवटार बजारमा चुरोटको ठुटाबाट सल्किएको आगोले घर जलेर नष्ट भएको छ । सोमबार राति अज्ञात व्यक्तिले फालेको चुरोटको ठुटाबाट सल्किएको आगोले खड्गबहादुर राईको घर जलेर नष्ट भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार अज्ञात व्यक्तिले फालेको चुरोटको ठुटा भुइमा पोखिएको पेट्रोलमा पर्दा आगलागी भएको हो । उक्त आगोले दुई तले घर जलेर नष्ट हुँदा रु तीन लाख ५० हजार बराबरको क्षति भएको उनले बताए ।

आगलागीपछि हामफालेर भाग्ने क्रममा सोही घरमा भाडामा बस्दै आएका ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-३ का काजीमान कटवाल घाइते भएका छन् । कटवालको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी निरीक्षक मिश्रले बताए ।
फाइल फोेटो

वि.सं.२०८० माघ २३ मंगलवार २१:३१ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...