back
CTIZAN AD

औद्योगिक प्रतिष्ठानलाई नापतौलको नयाँ इजाजतपत्र प्रदान

वि.सं.२०८० माघ २६ शुक्रवार

1.1K 

shares

बागमती । गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षको छ महिनामा सात सय ६६ व्यावसायिक तथा औद्यौगिक प्रतिष्ठानलाई नापतौल यन्त्र सञ्चालनका लगि नयाँ इजाजतपत्र प्रदान गरेको छ । कार्यालयका अनुसार मकवानपुर, चितवन, पर्सा, बारा तथा रौतहट जिल्लाका व्यवसायी तथा औद्योगिक प्रतिष्ठानलाई गत साउनदेखि पुस महिनासम्ममा सो इजाजतपत्र प्रदान गरेको हो ।

पाँच जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले छ महिनाका अवधिमा ३४ व्यवसायीको नापतौल यन्त्रको नवीकरण, दुई हजार पाँच सय १६ व्यवसायीको नापतौल यन्त्रको जाँच तथा नापतौलमा अनियमितता एवं ठगी गर्ने सात सय ८६ व्यवसायीलाई कारबाहीसमेत गरेको छ । कार्यालय प्रमुख मनिषकुमार दासले सो अवधिमा एक सय ५५ पेट्रोलियम पदार्थ बिक्री गर्ने पम्पको जाँच, चार सय ८६ वटा पम्पको ‘नोजल ’जाँच तथा ६६ वेव्रिजको जाँच गरिएको बताइएको छ ।

साथै सो अवधिमा दुई सय ८८ ट्याङ्करको हेटाँैडामा जाँच समेत गरिएको थियो । त्यस्तै सो अवधिमा कार्यालयका कर्मचारीहरुबाट विभिन्न बजारक्षेत्रको १० स्थानमा डोर सञ्चालन, एकल अनुगमन २० पटक तथा नौपटक संयुक्त अनुगमन समेत भएको थियो । सो कार्यबाट रु ७३ लाख सात हजार आठ सय ५९ राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी सञ्जीव ठाकुरले जानकारी दिए ।

वि.सं.२०८० माघ २६ शुक्रवार १२:१७ मा प्रकाशित

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

त्रिवेणी (नवलपरासी) । कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई...

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा रु पाँच अर्ब २७...

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

भोजपुर  । भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई...

आज पनि सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

आज पनि सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ...

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

काठमाडाैँ । शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (SCSMF) ले नेपाली...