back
CTIZAN AD

कांग्रेसले सुशासनलाई पार्टीको मन्त्र बनाएर अगाडि बढाउनुपर्छ : महामन्त्री थापा

वि.सं.२०८० माघ २६ शुक्रवार

915 

shares

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले सुशासनलाई पार्टीको मन्त्र बनाएर अगाडि बढाउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ जिल्ला सम्मेलनलाई आज सम्बोधन गर्दै उनले देशको विकासका लागि कांग्रेसले सुशासनलाई पार्टीको मूल मन्त्र बनाएर अगाडि बढाउनुपर्ने बताएका हुन् । महामन्त्री थापाले पछिल्लो समय संविधानमाथि प्रहार गर्ने कोसिस भइरहेको बताए । “संविधानमाथि आक्रमण भइरहेको छ, यस्ता अवरोध बेलाबेलामा आइरहन्छन्, यस्ता अवरोधसँग जुध्दै जाने हो चिर्दै जाने हो”, उनले भने । उनले काठमाडौँमा कांग्रेस सबैभन्दा ठूलो पार्टी भएको भन्दै काठमाडौँलाई अगाडि बढाउन कांग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

उनले स्थानीय निकाय र पार्टीबीच समन्वय हुन नसकेको आम गुनासो रहेको भन्दै त्यसलाई चिर्न जरुरी रहेको उल्लेख गरे । उनले भ्रष्टाचारी जोगाउनका लागि सरकार लाग्न नहुने बताए । “दोषी उम्कनुहुन्न, निर्दोष फस्नुहुन्न, भ्रष्टाचारी, ठग भिआईपी हुँदैन”, उनले भने ।

महामन्त्री थापाले सुशील कोइरालाको दृढता र लचकताका कारण संविधान निर्माण भएको बताउँदै अग्रज नेताको आस्था, निष्ठा र नैतिकताबाट पछिल्लो पुस्ताले पाठ सिक्नुपर्ने बताए । कांग्रेस नेता प्रदीप पौडेलले काठमाडौँका जनताले पार्टीले गरेको मूल्याङ्कनका आधारमा निर्णय लिने गरेको स्मरण गरे । उनले विस २०४८ सालपछि नेपालमा धेरै विकास भएको उल्लेख गरे । “आम जनताको गुनासो छ, देशमा सुशासन हुन सकेन, भ्रष्टाचार नियन्त्रण हुन सकेन भन्ने छ, त्यसलाई कांग्रेसले गम्भीर भएर सोच्नुपर्छ”, उनले भने ।

नेता पौडेलले स्वास्थ्य, शिक्षा र न्याय आम नागरिकले खोजेको भन्दै त्यो दायित्व पूरा गर्न कांग्रेस लाग्नुपर्ने बताए । उनले पार्टीका नेता होइन कार्यकर्ताले टिकट दिने व्यवस्था बनाउनुपर्ने बताए । काठमाडौँका जिल्ला सभापतिलाई कांग्रेसले टिकट दिन नसकेको उनको भनाइ थियो ।

कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले नीति अधिवेशनले सङ्गठनलाई चुस्त, दुरुस्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “अब देश र जनताले खोजेकोजस्तो पार्टी बनाउनका लागि नीति अधिवेशनले आवश्यक बाटो पहिल्याएर अगाडि बढ्नुपर्छ”, उनले भने ।

कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले जनप्रतिनिधि र पार्टीका बीचमा समन्वय नहुँदा समस्या परेको बताए । पार्टीभित्र देखिएको तित्ततालाई एकतामा ल्याउनका लागि सबै लाग्नुपर्ने उनको भनाइ थियो । प्रदेश सभापति बानियाले टिकट दिने पद्धतिमा परिवर्तन गर्न जरुरी रहेको बताए ।

वि.सं.२०८० माघ २६ शुक्रवार १६:१० मा प्रकाशित

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...