back

पशुपालनबाट मासिक दुई लाख बचत गर्छन कावासोतीका शिक्षक न्यौपाने

वि.सं.२०८० माघ २८ आइतवार

252 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–६ का गङ्गाधर न्यौपाने साँझ, बिहान गोठमा र दिउँसो कक्षा कोठामा व्यस्त रहन्छन् । पेसाले शिक्षक रहे पनि न्यौपानेले विगत चार वर्षदेखि व्यावसायिक पशुपालन गरेर कृषि क्षेत्रमा आफूलाई सफल बनाएका छन् ।

गौरादेवी नवीन कृषि तथा पशु फार्म दर्ता गरी व्यावसायिक पशुपालन गर्नुभएका न्यौपाने कावासोती नगरपालिकाको उत्कृष्ट किसानका रूपमा पुरस्कृत पनि भएका छन् । “छ भैँसीबाट सुरु भएको मेरो व्यावसायिक पशुपालन अहिले २७ वटा भैँसी र गाई भएका छन”,उनले भने, “मासिक ३५ सय लिटर दूध बिक्री गर्ने गरेको छु ।”

स्नातकसम्मको अध्ययन पूरा गर्नुभएका ३५ वर्षीय न्यौपानेले दिउँसो कावासोती–४ मा रहेको सरस्वती माविमा अध्यापन गर्छन् । पछिल्लो समय कृषि पेसामा युवाको आकर्षण घटेको समयमा उनले रु ३५ लाखको लगानीबाट पशुपालन सुरु गरेको बताए ।

“बाबुबाजेदेखि गर्दै आएको पेसालाई मैले व्यावसायिक रूप दिएको हुँ । शिक्षण कार्यबाट बचेको समय सदुपयोग भएको छ”, न्यौपानेले भनृे, “पशुपालन व्यवसायलाई अझ टिकाउन गत वर्षदेखि आफ्नै दुग्ध डेरी पनि सञ्चालन गरेको छु ।”

पशुको स्याहारसुसारदेखि व्यवस्थापनमा आफैँ घटिने गर्नुभएका न्यौपानेले अहिले दुई जनालाई रोजगारी दिए । बैंकको ऋणबाट सुरु गरेको पशुपालनले अहिले लगानी कटाएर प्रशस्त आम्दानी दिन थालेको न्यौपानेले बताए । सबै खर्च कटाएर मासिक रु दुई लाखसम्म बचत हुने उनले जानकारी दिए ।

विद्यालयमा गणित विषय पढाउने न्यौपानेको अहिले दुई वटा परिचय बनेको छ । बिहान साँझ कृषकको रूपमा परिचय बनाउनुभएका उनले दिउँसो शिक्षकको रूपमा पहिचान स्थापित भएको छ ।

बिहान विद्यालय जानुभन्दा अगाडिसम्म श्रीमतीसहित गोठको काममा खटिने जनाउँदै न्यौपानेले दिउँसोका लागि पनि कामको प्रबन्ध गरेर विद्यालय जाने गरेको बताए । “बिहान तीन बजे उठेर गोठमा खटिन्छु । १९ वटा गाईभैँसी अहिले दुहुना छन् । श्रीमती र म मिलेर दुहुनदाहान सकेर दूध बिक्रीका लागि लैजान्छाँै”, उनले भने, “कावासोती बजारमा दूध डेरी खोलेका छौँ । त्यहाँबाट मासिक सात हजार पाँच सय लिटर दूध बिक्री हुने गरेको छ ।”

गाईभैँसीका लागि आवश्यक पर्ने दाना, पराल आफैँले तयार पार्ने गरेको न्यौपानेले बताए । करिब तीन बिघा जमिनमा उन्नत जातका घाँस लगाइएको उनको भनाइ थियो । पराल र हरियो घाँस मिलाएर दानापानी व्यवस्थापन गर्ने गरेको न्यौपानेले बताए । पशुपालनमा विगतमा केही समस्या पर्ने गरेको भए पनि अनुभव र योजनाले हिजोआज सहज भएको उनककोे भनाइ थियो ।

“मसँगै पशुपालन सुरु गरेका नगरपालिका क्षेत्रका ११ जना युवा साथीहरू यो पेसाबाट पलायन भइसक्नुभयो”, न्यौपानेले भने, “सबै कामदार मात्रै लगाएर पशुपालन गर्छु भन्ने हो भने सफल भइदैन । आफू पनि नियमित काममा खटिने हो भने असफल हुनुपर्दैन ।”

 

वि.सं.२०८० माघ २८ आइतवार १२:५४ मा प्रकाशित

अधिवक्ता तथा बाम बुद्धिजीवी भण्डारीलाई मातृशोक

अधिवक्ता तथा बाम बुद्धिजीवी भण्डारीलाई मातृशोक

  काठमाडौं । अधिवक्ता तथा बाम बुद्धिजीवी गोपी भण्डारीलाई मातृशोक...

बुढ्यौलीमा मौलिक भाका र पुर्ख्यौली संस्कृतिको संरक्षणमा जुटेका लालबहादुर

बुढ्यौलीमा मौलिक भाका र पुर्ख्यौली संस्कृतिको संरक्षणमा जुटेका लालबहादुर

बेनी (म्याग्दी) । उमेरले ७४ वर्ष पार गरेका लालबहादुर पुन...

माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रेष्ठ पुर्पक्षका लागि जेल चलान

माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रेष्ठ पुर्पक्षका लागि जेल चलान

पर्वत । पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा...

नेपाल ‘वाफ च्याम्पियनसिप’को फाइनलमा प्रवेश, उपाधिका लागि जोर्डनसँगको भिड्ने

नेपाल ‘वाफ च्याम्पियनसिप’को फाइनलमा प्रवेश, उपाधिका लागि जोर्डनसँगको भिड्ने

काठमाडौँ । साउदी अरेबियामा भएको वेष्ट एसियन फुटबल महासङ्घ (वाफ)...

पहाडी तथा हिमाली भू-भागका केही स्थानमा  हिमपातको सम्भावना !

पहाडी तथा हिमाली भू-भागका केही स्थानमा  हिमपातको सम्भावना !

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव...

तीन लाख बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइँदै

तीन लाख बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइँदै

बनियानी (झापा) । झापामा तीन लाखभन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाको खोप...