back
CTIZAN AD

पहाडी क्षेत्रमा जुनेलो, फापर र गहत लोप हुँदै

वि.सं.२०८० माघ २८ आइतवार

1.7K 

shares

उदयपुर । जिल्लाका पहाडी क्षेत्रमा लामो समयदेखि परम्परागत रुपमा उत्पादन हुँदै आएका रैथाने बाली फापर तथा जुनेलो र गहत जस्ता हिजो आज खेती हुन छाडेपछि लोप हुने अवस्थामा पुगेका छन् ।

जिल्लाका पहाडी क्षेत्र ताप्ली, उदयपुर गढी, रौतामाई तथा लिम्चुङबुङ गाउँपालिका क्षेत्रमा विगतमा परम्परागतरुपमा खेती गरिने र उत्पादन हुँदै आएको रैथाने बाली फापर, जुनेलो तथा गहत हिजो आज खेती गर्न छाडिएपछि पाउन नै छाडिएको स्थानिय बताउँछन् ।

रौतामाई गाउँपाालिका-५ रामेटारका कृषक पदमबहादुर मगरका अनुसार आजभन्दा २०/२५ वर्ष अगाडिसम्म गाउँमा गहत तथा जुनेलो राम्ररी खेती हुने गरेको थियो । पाँच/दश वर्षयता आएर यसको खेती नै गर्न छाडिएपछि गाउँघरमा जुनेलो तथा गहत पाउन छाडेको उनी बताउँछन् ।

रौतामाई–४ डांसिंटारका कृषक नेत्रप्रसाद खत्री भन्छन्, “आजभन्दा १५/२० वर्षअघिसम्म आफुहरुले गाउँघरमा जुनेलो थुप्रै उत्पादन गरेर बिक्रीसमेत गर्ने गरेका थियौँ, तर हिजो आज यसको खेती हुन छाडेपछि हामीलाई जुनेलो खान मन लागेमा अन्यत्र टाढा गएर किनेर ल्याउन बाध्य भएका छौँ ।”

उदयपुरगढी–४ डुम्रेका कृषक नरबहादुर घले मगर रैथाने अन्नबाली गाउँघरबाट लोप हुँदै जानाका कारणबारे भन्छन्, “विगतमा हामीहरुले घरबारी जग्गामा गहत, पाखा बारीको चारैतिर जुनेलोखेती गर्ने गरेका थियौं, अब त सबै युवा जती गाउँ छाडेर अन्यत्र जान थाले, गाउँमा यस्तो कठिन खेती कसले गर्ने, बरु जग्गा बाँझै बस्न थाल्यो, यस्तो खेती गर्ने जाँगरिला मान्छे नै गाउँघरमा बस्दैनन् ।”

गाउँघरमा रैथाने खेती गर्ने बुढापाका भइसकेका र युवा सबै गाउँ छाडेर अन्यत्र गएपछि गाउँमा यस्तो रैथाने खेती गर्ने युवाको अभावमा पनि गाउँघरमा हिजो आज जुनेलो, फापर तथा गहत जस्ता बालीको खेती नै हुन छाडेको ताप्ली-४ पिपलभन्ज्याङका रामबाबु ठकुरी बताउँछन् ।

उनका अनुसार आजभन्दा १५/२० वर्ष अगाडिसम्म पनि ओख्ले पिपलभन्ज्याङका पाखाबारीमा जुनेलोखेती हुने गरेका कारण गाउँ नै जुनेलोमय हुने गरेको थियो । जिल्लाका पहाडी क्षेत्रका अधिकांश बारीमा विगतमा अनिवार्य रुपमा जुनेलोखेती हुने गरेको भए पनि हिजो आज हुन छाडेको छ ।

विगतमा गाउँका पाखाबारी तथा सुक्खाबारीमा अनिवार्य गहत तथा जुनेलो जस्ता अन्नबाली लगाएर उत्पादन गरिने भएको भए पनि हिजो आज युवाहरुले यस्तो खेती प्रति चासो नदिनु र गाउँघरबाट युवा अन्यत्र पलाएन भएपछि रैथाने बाली लोप हुँदै गएको रौतामाई गाउँपालकिकाका उपाध्यक्ष भूपेन्द्र थापा बताउँछन् ।

उदयपुरगढीका दनुवार बेसीका कृषक वुद्धिबहादुर तामाङका अनुसार विगतमा गाउँघरमा फापर तथा जुनेलो उत्पादन गरेर अन्यत्र बजारमा लगेर बिक्री गर्ने गरिएको भए पनि हिजो आज खेती नै हुन छाडेपछि आफैँलाई खानका लागि यस्ता अन्नबाली खोजेर पनि पाउन छाडेको छ ।

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार विगतमा जिल्लाको पहाडी क्षेत्रको गाउँघरमा उत्पादन हुने फापर, जुनेलो तथा गहत राम्रो उत्पादन हुने र कृषकले यसको बिक्रीले राम्रै फाइदा लिने गरे पनि हिजो आज यसको खेती नै हुन छाडेको छ ।

गाउँघरमा उत्पादन हुने अन्य रैथाने अन्नबाली कोदो, कागुनी, जौंसमेत हिजो आज बिस्तारै खेती हुन छाडेका कारण लोप हुँदै जाने अवस्थामा पुगेको रौतामाईका कृषक कृष्णबहादुर आलेमगर बताउँछन् ।
रासस/फाइल फोटो

वि.सं.२०८० माघ २८ आइतवार १४:३६ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...