back
CTIZAN AD

काठमाडौँमा हत्याका दुई घटना : आरोपी पक्राउ

वि.सं.२०८० माघ २९ सोमवार

1K 

shares

काठमाडौँ । काठमाडौँको गौशालास्थित एक होटलमा महिलाको हत्या र टोखाको एक टहरोमा युवकको हत्याका आरोपीलाई प्रहरीले आइतवार पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका-९ गौशालास्थित सिरहा धनुषा होटल एन्ड लजमा शनिवार एक महिला मृत भेटिएकी थिइन् । एक पुरुषसँग आएकी महिला प्रमिला दमाईँ कोठामै मृत भेटिएकी थिइन्भने उनीसँगै आएका पुरुष फरार थिए । उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

शनिबार नै काठमाडौँको टोखास्थित एक टहरोमा दिपेश खड्का मृत भेटिएका थिए । उनको पनि हत्या भएको आङ्कामा अनुसन्धान टोली खटाइएकोमा दुवै घटनाका आरोपी पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ तर आरोपीहरुको पहिचान खुलाइएको छैन ।

उक्त दुवै घटनाको विषयमा आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने परिसरका प्रवक्ता प्रहरी उपरीक्षक कुमुद ढुङ्गेलले बताए ।

वि.सं.२०८० माघ २९ सोमवार ०८:०० मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...