back
CTIZAN AD

विष्फोटक पदार्थसहित दुई जना पक्राउ

वि.सं.२०८० फागुन १ मंगलवार

1K 

shares

 

‍‍‍‍‍‍‍‍‍‍‍‍‍मोरङ । विष्फोटक पदार्थसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईलाम माम्सेबुङ गाउँपालिका-१ गजुरमुखीका काठमाडौं भिमसेनगोला डेरागरी बस्ने प्रवीण मिश्र र पाँचथर याङवरक गाउँपालिका-१का विपिन अधिकारी रहेका छन् । उनीहरुलाई विभिन्न विष्फोटक पदार्थसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट विष्फोटक पदार्थमा प्रयोग हुने डेटोनेटर ७ थान, १८ फिट ३ ईन्च लम्बाई रहेको डेडकर्ड, सोडा करिब २ केजी, सहयोग रसिद ठेली २ थान तथा विभिन्न कागजात, डिजिटल स्ट्याम्प १ थान, मोबाइल ४ थान, सिम कार्डहरू लगायतका सामान बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका-३ स्थित खाली चौरमा प्रेशर कुकर बम जस्तो बस्तु फेला परेकोमा अनुसन्धानको क्रममा उक्त बस्तु राख्न उनीहरूको संलग्नता रहेको खुलेको छ । उक्त बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फाइल फाेटाे

वि.सं.२०८० फागुन १ मंगलवार १४:३१ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...