back
CTIZAN AD

माओवादीको विधानमाथि छलफल गर्न बन्यो २० समूह, यी हुन् टोली नेता

वि.सं.२०८० फागुन १ मंगलवार

1K 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको आजदेखि सुरु भएको विधान अधिवेशनमा विधानमाथि छलफल गर्नका लागि २० वटा समूह बनेको छ ।

विभिन्न नेताहरु सहजकर्ता रहेको  २० वटा टोली समूहले अधिवेशनमा प्रस्तावित विधानमाथि छुट्टाछुट्टै स्थानमा छलफल गर्नेछन् ।

उक्त समूहमा अधिवेशनमा सहभागी भएका मध्येबाट ५० देखि ४४ जनासम्म रहनेछन् । समूहमा भएको छलफलको निष्कर्ष टोली नेताले बैठकमा हलमा पेश गर्ने छन् । समूहले जमलको नाचघर, प्रज्ञाभवन, पेरिसडाँडा लगायतका स्थानमा छुट्टा छुट्टै समूहमा बसेर विधानमाथि छलफल गर्ने बताइएको छ ।

माओवादी केन्द्य्रका अनुसार २० समहमध्ये १ नम्बर समूहको सहजकर्ता अन्जना विशंखेले गर्नेछिन् भने समूह २ को अमृता थापा, ३ को ओनसरी घर्ती, ४ को कमला रोका, ५ को काली बहादुर मल्ल, समूह ६ को कुल प्रसाद केसी, ७ को खगराज भट्ट, समूह ८ को गणेशमान पुन, ९ को जयपुरी घर्ती, समूह १० को जोखबहादुर महरा, समूह ११ को नारायणप्रसाद दाहाल, समूह १२ को परशुराम तामाङ, १३ को पूर्णकुमारी सुवेदी, १४ को प्रह्लाद बुढाथोकी, १५ को महेश्वरजंग गहतराज, समूह १६ को विश्वनाथ साह, समूह १७ को यशोदा सुवेदी, १८ को शशी श्रेष्ठ, १९ को सत्य पहाडी र समूह २० को सहजकर्ता हकिकुल्ला खाँ रहेका छन् ।

उनीहरुलाई पार्टीको बैठकमबाटै सहजकर्ताको रुपमा तोकिएको छ भने बहसमा भागलिने समूहहरुले आ–आफ्नो टोली नेता निर्वाचन गर्ने बताइएको छ ।

समूहको उक्त छलफल बुधबार दिउँसो साढे १ बजेसम्म हुनेछ भने २ बजेबाट बैठक सुरु हुने बताइएको छ ।

 

वि.सं.२०८० फागुन १ मंगलवार १७:१९ मा प्रकाशित

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

त्रिवेणी (नवलपरासी) । कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई...

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा रु पाँच अर्ब २७...

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

भोजपुर  । भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई...

आज पनि सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

आज पनि सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ...

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

काठमाडाैँ । शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (SCSMF) ले नेपाली...