back
CTIZAN AD

सहकारी संस्थाको नियमन गर्दै उपमहानगरपालिका

वि.सं.२०८० फागुन ४ शुक्रवार

912 

shares

राँझा (बाँके) । नेपालगञ्ज उपमहानगरपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्थालाई विधिसम्मत सञ्चालन भए नभएको अनुगमन गर्दै आएको उपमहानगरपालिका सहकारी शाखाले धेरै कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको सहकारी शाखा प्रमुख प्रवीण रानाले बताए ।

“अनुगमनका क्रममा नेपालगञ्जको कृष्णसार कृषि सहकारी संस्थामा कैफियतै कैफियत भेटिएको छ”, शाखा प्रमुख रानाले भने, “धेरै कैफियत भेटिएपछि कृष्णसार सहकारी संस्थालाई कैफियत पुष्ट्याइँका लागि १५ दिनको मौका दिइएको छ, कैफियत नसच्चिए सहकारी ऐनबमोजिम कारबाही गरिने छ ।”

उनका अनुसार उक्त सहकारीलाई उपमहानगरपालिकाको सहकारी ऐन २०७४ को दफा ८१ को उपदफा २ (ख) र (ग) को कैफियतमा रु तीन लाखसम्मको जरिवाना किन नगर्ने भन्ने कुराको पुष्ट्याइँसहित १५ दिनभित्र सफाइ पेश गर्न निर्देशन दिइएको छ । सफाइ दिन नसके कारवाही गरिने छ । निरीक्षणका क्रममा देखिएका कैफियत सुधार गर्न २५ दिन समय दिइएको छ ।

अनुगमन टोली सदस्य जिल्ला सहकारी सङ्घका प्रबन्ध सञ्चालक नवराज उपाध्यायले कृष्णसार सहकारी संस्थामा दुई वर्षदेखि चार खाता अपडेट नभएको, सहायक खाता नभएको, कर्जा फाइल व्यवस्थित नभएको, कर्मचारी नियुक्त नभएको, विनियम संशोधन नभएको, दैनिक भौचर नउठाएको, लेखा समितिको माइन्युट नभेटिएको, लेखा परीक्षकलाई नियुक्तिपत्र नदिएको, साधारणसभामा ५१ प्रतिशत उपस्थिति नपुगेको, सम्पत्ति शुद्धीकरण कार्यविधि नभएको, केवाइएम फाराम नभरेकोलगायतका कैफियत भेटिएको जानकारी दिए ।

सहकारी संस्थालाई विधिसम्मत चलाउन दुई वर्षदेखि सचेत गर्दै आएकाले अब पनि लापर्वाही भेटिए सहकारी ऐनबमोजिम कारबाही हुने उनकोे भनाइ छ । विधिसम्मत सञ्चालन नहुने केही संस्थाका कारण समग्र संस्थालाई आक्षेप लाग्ने भएकाले सच्चिनका लागि थुप्रै मौका दिइएकाले अब पनि नसच्चिने संस्थालाई कारबाहीका लागि कानुनी दायरामा ल्याइने उपाध्यायले बताए ।

उपमहानगरपालिकाले गत वर्ष पनि सहकारी संस्थाको अनुगमन गरी कैफियत सच्याउन सचेत बनाएको थियो । यस वर्ष उपमहानगरपालिकाको सहकारी शाखाले अनुगमन गर्नुअघि वित्तीय सुशासन कायम गराउन सात दिने लेखा तालिम प्रदान गरी अनुगमन सुरु गरेको शाखा प्रमुख रानाले जानकारी दिए ।

 

वि.सं.२०८० फागुन ४ शुक्रवार १२:३६ मा प्रकाशित

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...