काठमाडौँ । आईताबारलाई नै निरन्तरता दिदै आज पनि सुनको भाउ बढेको छ । आज सोमबार सुनको मूल्य तोलामा चार सयले बढेको छ भने चाँदीको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छ भने हिजो छापावाल सुन प्रतितोला एक लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।
त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ४ सय ५० रुपैयाँ कारोबार भईरहेको छ भने हिजो एक लाख १७ हजार ५० रुपैँयामा किनबेच भएको थियो ।
सोमबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेको हो । चाँदी आज प्रतितोला एक हजार ४ सय १० रुपैयाँमा झरेको छ ।
वि.सं.२०८० फागुन ७ सोमवार १३:२१ मा प्रकाशित





























