back
CTIZAN AD

राससका उत्कृष्ट पत्रकार र कर्मचारी पुरस्कृत

वि.सं.२०८० फागुन ७ सोमवार

894 

shares

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)ले ६३ औँ वार्षिकोत्सवको अवसर पारेर आज उत्कृष्ट पत्रकार, कर्मचारीलाई पुरस्कृत गरेको छ । आज यहाँ आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पत्रकार र कर्मचारी गरी आठ जनालाई उक्त पुरस्कार प्रदान गरे ।

उत्कृष्ट सम्पादनतर्फ वरिष्ठ सम्पादक कृष्ण सापकोटा, उत्कृष्ट समाचार सङ्कलनतर्फ वरिष्ठ सहायक समाचारदाता अशोक घिमिरे र उत्कृष्ट कर्मचारीतर्फ उपव्यवस्थापक राजेशकुमार श्रेष्ठ पुरस्कृत भएका छन् ।

उत्कृष्ट फोटो तथा श्रव्यदृश्यतर्फ सुरेश आचार्य (सुर्खेत), उत्कृष्ट आलेखतर्फ रामविकास चौधरी (रुपन्देही) तथा उत्कृष्ट जिल्ला समाचारदातातर्फ रुपनी जिएम (बाँके), मनोज दाहाल (मोरङ) र निरञ्जनकुमार साह (धनुषा)ले पुरस्कार प्राप्त गरे । उक्त पुरस्कारको राशि जनही रु २० हजार रहेको छ ।

मन्त्री शर्माले राससको सेवाग्राहीमध्येबाट रेडियो नेपाल, रातोपाटी अनलाइन र प्रतीक दैनिक (वीरन्गज) लाई सम्मान प्रदान गरिन् । ती सञ्चारमाध्यमले राससको समाचार प्रकाशन तथा प्रसारण गर्ने क्रममा ‘क्रेडिट’ दिएका कारण सम्मान गरिएको रासस व्यवस्थापनले जनाएको छ ।

 

वि.सं.२०८० फागुन ७ सोमवार १४:५५ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...