back
CTIZAN AD

महासमितिको निर्वाचन हुन नसकेका क्षेत्रका सबै महाधिवेशन प्रतिनिधिले महासमिति बैठकमा भाग लिन पाउने

वि.सं.२०८० फागुन ८ मंगलवार

750 

shares

काठमाडौँ । नेपाली कांग्रेसले महासमिति सदस्यको निर्वाचन हुन नसकेका सङ्घीय निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधि सबैलाई महासमिति बैठकमा आमन्त्रितरूपमा बैठकमा सहभागी गराउने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले १४औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएर महासमिति सदस्यको निर्वाचन नभएकाहरूको हकमा यही फागुन ७ देखि १० गतेका लागि आयोजित महासमिति बैठकमा सबै महाधिवेशन प्रतिनिधिलाई आमन्त्रितरूपमा सहभागी गराउने निर्णय गरेको हो ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बिहान बसेको बैठकले महासमिति सदस्यको टुङ्गो लागिनसकेका बारा क्षेत्र नं ३, पर्सा क्षेत्र नं १, सोलुखुम्बु, खोटाङ, धादिङ क्षेत्र नं १, दोलखा, ओखलढुङ्गा, काठमाडौँ क्षेत्र नं ५, दाङ क्षेत्र नं ३, कञ्चनपुर क्षेत्र नं १, बागलुङ क्षेत्र नं २ र सिन्धुली क्षेत्र नं २ जिल्ला तथा निर्वाचन क्षेत्रका हकमा सो निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसैगरी कांग्रेसको १४औँ महाधिवेशनपश्चात केन्द्रीय महाधिवेशन सम्पन्न गरेका वा नेतृत्व परिवर्तन भएका भ्रातृ संस्थाहरू नेपाल विद्यार्थी सङ्घ, नेपाल महिला सङ्घ, नेपाल तरुण दल, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ, नेपाल लोकतान्त्रिक खेलकूल सङ्घ, नेपाल किसान महासङ्घ, नेपाल थारू सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल दलित सङ्घ, नेपाल भूतपूर्व सैनिक सङ्घ र नेपाल मुस्लिम सङ्घका हकमा अध्यक्षसहित तीनजना महासमिति सदस्यको रूपमा सहभागी गराउने निर्णय गरेको छ ।

त्यस्तै कांग्रेसको १४औँ महाधिवेशनपश्चात केन्द्रीय महाधिवेशन सम्पन्न गरेका वा नेतृत्व परिवर्तन भएका शुभेच्छुक संस्थाहरू नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक सङ्घ, नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसन, सेन्टर फर डेमोक्र्याटिक इन्जिनियर्स नेपाल, प्रजातन्त्रवादी चिकित्सक सङ्घ र नेपाल प्रेस युनियनका हकमा पनि अध्यक्षसहित तीनजना महासमिति सदस्यको रूपमा सहभागी गराउने निर्णय गरिएको छ ।

कांग्रेसको १४औँ महाधिवेशनपश्चात अधिवेशन सम्पन्न गरेका विदेशस्थित नेपाली जनसम्पर्क समितिको हकमा विधानबमोजिम महासमिति सदस्यको रूपमा सहभागी गराउने निर्णय भएको मुख्यचिव पौडेलले बताए ।

वि.सं.२०८० फागुन ८ मंगलवार ११:३२ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...