back
CTIZAN AD

विश्व सम्पदा बौद्ध चैत्यको पदमार्ग पुनःनिर्माण सुरु

वि.सं.२०८० फागुन ९ बुधवार

1.4K 

shares

काठमाडौँ । विश्व सम्पदासूचीमा सूचीकृत बौद्ध चैत्य परिसरको पदमार्ग जीर्ण भएपछि त्यसलाई भत्काएर पुनःनिर्माण सुरु गरिएको छ । उक्त सम्पदा क्षेत्रको सौन्दर्य र सुविधामा कमी हुन नदिन बौद्धनाथ क्षेत्र विकास समितिले चालू आर्थिक वर्षमा सम्पन्न गर्नेगरी रु एक करोड ३२ लाख लागतमा पुनःनिर्माण थालेको हो ।

बौद्धनाथ क्षेत्रको सामाजिक, आर्थिक, धार्मिक र सांस्कृतिक विकास गर्न गठन भएको उक्त समितिले त्यस क्षेत्रमा पुनःनिर्माणका लागि पुरातत्व विभागले प्राविधिक अध्ययन गरेपछि स्वीकृति प्रदान गरेको समितिका कार्यकारी निर्देशक शान्तिमाया तामाङले जानकारी दिईन् । निर्माणका क्रममा समितिले काठमाडौँ महानगरपालिकासँग पनि समन्वय गरेको छ ।

आधुनिक संरचना विकास गर्न नपाइने भएकाले आधुनिक सामग्री प्रयोग गरी प्रचीन स्वरुपको शैलीमा इँटा बिछ्याइनेछ । उनिका अनुसार काठमाडौँ उपत्यकामा रहेका प्रचीन चैत्यमध्ये यो सबैभन्दा ठूलो भएकाले बौद्धनाथ क्षेत्रमा पर्यटक आकर्षित गर्न विभिन्न कार्ययोजना बनाइएको छ ।

विसं २०७२ मा गएको भूकम्पका कारण क्षति पुगेको चैत्य तथा त्यसका हर्मिका, त्रयोदश भुवन, गजुर मर्मतसम्भार गरिएको छ ।

वि.सं.२०८० फागुन ९ बुधवार १०:५० मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...