back
CTIZAN AD

आँखा शिविरबाट एक हजारभन्दा बढीले सेवा लिए

वि.सं.२०८० फागुन ९ बुधवार

822 

shares

सिन्धुपाल्चोक । तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ र तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजनामा भएको निःशुल्क आँखा शिविरमा एक हजार ५१ जनाले सेवा लिएका छन् ।

मेलम्ची, पाँचपोखरी थाङपाल, इन्द्रावती र हेलम्बुका सात स्थानमा हालै शिविर आयोजना गरिएको थियो । मेलम्ची नगरपालिका–४ पिप्लेमा भएको शिविरमा एक सय ९० जना, मेलम्ची–७ मा एक सय ५०, मेलम्ची ११ मा एक सय ६६, इन्द्रावती वडा नं १२ भीमटारका एक सय १६, हेलम्बु गाउँपालिका–२ किउलका ७३, पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्साका एक सय ८४ र तिपेनीका एक सय ७२ गरी एक हजार ५१ जनाले सेवा लिएका हुन् ।

शिविरमा सेवा लिन आएकामध्ये एक सय २२ जनामा मोतियाविन्दु फेला परेको र एक सय ३९ जनाको मोतियाविन्दु शल्यक्रिया गरिएको तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीका प्रमुख आशिष भट्टले जानकारी दिए । तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सुष्मा दुवाल नेतृत्वको टोलीले शल्यक्रिया गरेको होे । मेलम्ची नगरपालिकासँगको समन्वयमा मोतियाविन्दु शिविर अन्य सम्बन्धित पालिकाको समन्वयमा आँखा जाँच शिविर सञ्चालन गरिएको केन्द्रप्रमुख भट्टले जानकारी दिए ।

 

वि.सं.२०८० फागुन ९ बुधवार ११:४० मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...