back

राष्ट्रपति पौडेल भन्छन्-धौलागिरि क्षेत्र आफैँमा तपोभूमि हो

वि.सं.२०८० फागुन १० बिहीवार

216 

shares
NTC AD
Global IME AD

गलकोट । राष्ट्रपति रामचन्द्र पौडेलले धौलागिरि क्षेत्र पवित्र तपोभूमि रहेको बताएका छन् ।

पवित्र शालग्राम पाइने कालीगण्डकी नदी, मुक्तिक्षेत्र, पञ्चकोट, गलेश्वरधाम र कालिका मन्दिरले धाौलागिरि क्षेत्र एक पवित्र धार्मिक तपोभूमि रहेको बताएका छन् ।

बागलुङ नगरपालिका–६ सर्वसिद्धिधाम पञ्चकोटमा बुधबारदेखि सुरु भएको अनन्तश्री ब्रामाण्डीय महायज्ञमा धारणा राख्दै राष्ट्रपति पौडेलले धौलागिरि क्षेत्रमा पछिल्लो समय पञ्चकोटको महत्व र महिमा बढेको बताए । उनले पाँचकोटको सङ्गमस्थलमा स्वामी कमलनयनाचार्यको सत्कङ्कल्पमा यी बृहत् संरचना निर्माण भएको देखेर आफू खुसी लागेको पनि बताए ।

“धौलागिरि क्षेत्र आफँैमा तपोभूमि हो, मुक्तिक्षेत्र, दामोदर कुण्ड, गलेश्वर धामसँगै अहिले पञ्चकोटकोे नाम आइरहेको छ, म पहिला शालग्राम सङ्ग्रहालय आएको थिएँ, नदी र जल सम्पदाको संरक्षणमा यो महायज्ञ आयोजना भएको मैले पाएँ” राष्ट्रपति पौडेलले भने, “कुडुँलेमा सवा लाख शालग्राम दर्शन गरेको थिएँ, अहिले यो पवित्र भूमि पञ्चकोट आउँदा आफूलाई खुसी लागेको छ, महायज्ञले धार्मिक प्रसारमात्रै गरेको छैन, जलसम्पदा, सङ्कटमा रहेको शालग्रामलाई जोगाउन थालेको छ ।”

संस्कृत, परम्परा, मूल्य र मान्यताले नेपालीलार्ई एकताबद्ध बनाएको उल्लेख गर्दै उनले नेपालका नदीहरु पवित्र रहेको बताए ।

“यो पञ्चकोट एउटा खाली पहाड अहिले शान्तिभूमि भइसकेको रहेछ, यो शान्तिभूमि पञ्चकोटमा धार्मिक पर्यटकको भीड लागेको देखेको छु”, उनले भने, “पञ्चकोटले धार्मिक पर्यटक भित्र्याएर आयआर्जन बढाउदै समृद्ध बागलुङ बनाउन सहयोग पु¥याउनेछ ।” महायज्ञले जलसम्पदालाई बचाउन महत्वपूर्ण भूमिका खुल्ने उनकोे भनाइ थियो ।

सर्वसिद्धिधाम पञ्चकोटमा आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञका परिकल्पनाकार एवं उक्त सर्वसिद्धधिाम पञ्चकोटका संस्थापक मुक्तिनाथ पीठाधीश्वर स्वार्मी कमलनयनाचार्यले पञ्चकोटमा राष्ट्रपति पौडेलललाई स्वागत गरेका थिए । उनले सो धाममा देवदेश नेपालका अभिभावकका रुपमा रहनुभएका राष्ट्रप्रमुखको आगमन पञ्चकोटधाम परिवार, तीर्थस्थल विकास समिति, मुक्तिनाथबाबा श्रीजी च्यारिटेबल ट्रष्टलगायतका सबैमा सुखानुभूति भएको बताएका थिए ।

आजै राष्ट्रपतिले महायज्ञको एक प्रमुख अनुष्ठानकारुपमा रहेको सवालाख श्रीफल (नरिवल) हवनकुण्डमा पञ्चकोट र पञ्चमहालक्षीको प्रतिकका रुपमा पाँच ओटा नरिवल हवन गरेका थिए । ती प्रत्येक नरिवलमा विभिन्न ५४ प्रकारका हवनीय द्रब्यहरु राखिएको थियो ।

नेपालमा पहिलो पटक आह्वान गरिएको यस ब्रह्माण्डीय महायज्ञ यही फागुन २३ गतेसम्म सञ्चालन हुनेछ । त्यसैगरी महायज्ञअन्तर्गत १५ दिनमा विभिन्न फरकफरक विषयमा विज्ञका कार्यपत्र तथा विचारसहितका सम्मेलन पनि हुने कार्यक्रम रहेको छ । महायज्ञमा सङ्कलन भएको रकमले पञ्चकोटमा निर्माणधीन १०८ फिट अग्लो विश्वशान्ति कलश निर्माणलाई पूर्णता दिइनेछ । हालसम्म पञ्चकोटमा रु ५० करोडभन्दा बढीको भौतिक संरचना निर्माण भइसकेको छ ।

वि.सं.२०८० फागुन १० बिहीवार १२:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
तेह्रथुमका सुन्तलाले पाए दुई महिनामै तीन गुणा बढी मूल्य

तेह्रथुमका सुन्तलाले पाए दुई महिनामै तीन गुणा बढी मूल्य

तेह्रथुम । हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि किसानले दुई...

मध्य तमोरको बिजुली कोशी करिडोर प्रसारण लाइनमा जोडियो

मध्य तमोरको बिजुली कोशी करिडोर प्रसारण लाइनमा जोडियो

ताप्लेजुङ । त्रिहत्तर मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाबाट उत्पादन...

एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई, यस्तो छ नयाँ कार्य समिति

एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई, यस्तो छ नयाँ कार्य समिति

खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको अध्यक्षमा देवविक्रम राई...

कालीगण्डकी करिडोरः बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र

कालीगण्डकी करिडोरः बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र

म्याग्दी । दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने राष्ट्रिय...

डोल्पाको बनमा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु

डोल्पाको बनमा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा...

राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने राष्ट्रपतिको सुझाव

राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने राष्ट्रपतिको सुझाव

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पूँजीको...