back
CTIZAN AD

कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव हुने

वि.सं.२०८० फागुन १० बिहीवार

774 

shares

काठमाडौँ । झापाको कनकाई नगरपालिका सुरुङ्गामा ‘कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव’ हुने भएको छ । रोटरी क्लब अफ सुरुङ्गाको आयोजना यही फागुन १४ गतेदेखि तीनदिनसम्म महोत्सवमा सञ्चालन हुने आयोजकले आज एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

महोत्सवमा स्थानीय साहित्य गोष्ठी, झापा जिल्लास्तरीय साहित्य गोष्ठी र राष्ट्रिय साहित्य गोष्ठी आयोजना हुने आयोजकले जनाएको छ । महोत्सवको उद्घाटन अघि स्थानीय कला र संस्कृति झल्किने विभिन्न झाँकीका साथ नगरपरिक्रमा गरिनेछ ।

महोत्सवमा राष्ट्रियस्तरका दर्जनौँ कवि, कलाकार, हास्यकलाकार, गायक तथा संस्कृतिकर्मीको प्रस्तुति रहने छ । महोत्सवमा कला प्रदर्शनी, पुस्तक मेला, पुस्तक वितरण, राष्ट्रिय वेशभूषा, प्रदर्शनी, व्यावसायिक प्रमोसन, सांस्कृतिक कार्यक्रम, स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन भ्रमणआदि कार्यक्रम रहने आयोजक समितिका संयोजक अखिलकुमार कोइरालाले जानकारी दिए ।

पहिलो दिन कक्षा छ देखि १२ कक्षासम्मका विद्यार्थीलक्षित कविता लेखन प्रशिक्षण कार्यक्रमको आयोजना हुनेछ भने दोस्रो दिन विभिन्न विद्यालयका शिक्षक, स्थानीय स्रष्टा तथा स्नातक र स्नातकोत्तर अध्ययनरत विद्यार्थीलक्षित ‘कविता लेखन प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरिने छ ।

वि.सं.२०८० फागुन १० बिहीवार १२:५३ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...