back
CTIZAN AD

घर भत्किँदा एक जनाको मृत्यु, सातको सकुशल उद्धार

वि.सं.२०८० फागुन १२ शनिवार

870 

shares

मनाङ । मनाङमा आज एउटा घर भत्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा धार्चे गाउँपालिका–६ का अन्दाजी ३७ वर्षीय बीरबहादुर घले रहेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए ।

ङिस्याङ गाउँपालिका–४ मनाङ गाउँका कान्छा गुरुङको घर मर्मतका क्रममा माटोले पुरिएर घलेको मृत्यु भएको हो । घर मर्मत गर्ने नौ जना कामदारमध्ये सात जनाको सकुशल उद्धार गरिएको छ भने एक जना सामान्य चोट लागेको प्रमुख जिल्ला अधिकारी लामिछानेको भनाइ छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको भान्सा रहेको सो घर हिमपातपछि पानी चुहिने समस्या देखिएको थियो ।

उनले भने, “केही दिनअघिको भारी हिमपातपछि घरमा पानी चुहिने समस्या देखिएको रहेछ । सो मर्मतका क्रममा घर भत्किएको हो । घलेको माटोले च्यापिएर मृत्यु भएको जानकारी प्राप्त भएको छ ।” माटोले पुरिएका कामदारको नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको थियो ।

मृतक घलेको शव पोष्टमार्टमका लागि चामे पठाइएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । उनले भने, “माटोले पुरिँदा एक जनाको टाउकोमा सामान्य चोट लागेकोमा प्राथमिक उपचार गरिएको छ भने अन्यको सकुशल उद्धार गरिएको छ ।” उनका अनुसार घरमा हिउँ बढी जमेपछि पानी चुहिने समस्या देखिएको थियो ।
रासस

वि.सं.२०८० फागुन १२ शनिवार २२:०३ मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...