back
CTIZAN AD

एनआरएनए केन्याको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

वि.सं.२०८० फागुन १४ सोमवार

2.2K 

shares

नैरोबि, केन्या । गैरआवासीय नेपाली संघ केन्याको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

संघको सामाजिक कार्यको रुपमा २५ फेब्रअरीका दिन संघका अध्यक्ष शिव अधिकारीको नेतृत्वमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।

उक्त रक्तदान कार्यक्रम गैरआवसिय नेपाली संघ र द नैरोबी वेस्ट हस्पिटलको सहयोगमा सम्पन्न भएको थियो ।
कार्यक्रम संघका अध्यक्ष शिव अधिकारी, सस्थापक अध्यक्ष कुल बहादुर कार्की, पूर्वकेन्द्रिय सदस्य यादव काफ्ले, पुर्वअध्यक्ष कृष्ण दत्त भट्ट, वर्तमान उपाध्यक्ष भरत रेग्मी (यज्ञमणि) सहकोषाध्यक्ष कमल अधिकारी, महिला संयोजक श्रीमती कल्याणि काफ्ले, युवा संयोजक किसन राउतको उपस्थिति रहेको थियो ।

त्यसैगरी श्रीमती तुलशा अधिकारी, सुश्री साक्षी अधिकारी, सुरज पाठ्क, बिष्णु भुसाल, राजेन्द्र बिश्वकर्मा, श्याम डुम्रे (शर्मा), राजन अधिकारी, गौरब शर्माको उपस्थिति रहेको थियो । साथै द नैरोबि वेष्ट हस्पिटलको तर्फबाट उक्त रक्तदान कार्यक्रम सम्पन्न गर्न नर्स र चिकित्सकहरुको उपस्तिथि रहेको थियो ।

‘रक्तदान जीवन दान’ भन्ने नाराका साथ संघका तर्फबाट आयोजित कार्यक्रम दोस्रोपटक हो । यसअघि प्रथमपटक एमपि साह अस्पतालमा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा सहयोग गर्ने सम्पूर्णमा अध्यक्ष अधिकारीले धन्यवाद तथा आभार व्यक्त गरेका थिए ।
संघको तर्फबाट आगामी दिनहरुमा पनि अन्य अस्पतालको सहयोग र सहकार्यमा हुने संघका उपाध्यक्ष रेग्मीले जानकारी दिए ।

उक्त कार्यक्रममा स्वयंसेवकका रुपमा सहयोग गर्ने संघका सम्पुर्ण सदस्यहरुलाई महिला संयोजक काफ्लेले धन्यवाद दिएकी थिइन् । साथै युवा संयोजक राउतले रक्त दाताहरुलाई रक्त दान गर्न हौसला प्रदान गरेका थिए ।

कार्यक्रममा पूर्वअध्यक्ष लगायतले संघलाई अझ बलियो बनााएर लैजाने विषयमा आ–आफ्नो मन्तव्य दिएका थिए ।

उक्त कार्यक्रममा शिव अधिकारी, भरत रेग्मी, राजन अधिकारी, क्युमार हुसैन, मुहम्मद आजिम,कमल अधिकारी, श्यामु डुम्रे, राजेन्द्र बिश्वकर्मा, सुरज पाठक, विष्णु भुसाल, गौरब शर्मा लगायतले रक्तदान गरेका थिए । साथै स्वयंसेवकको भूमिकामा कुल बहादुर कार्की, यादब काफ्ले, कृष्ण दत भट्ट, कल्याणि काफ्ले
शाक्क्षी अधिकारी, किसन राउत र तुलसा अधिकारी रहेका थिए ।

वि.सं.२०८० फागुन १४ सोमवार १७:४१ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...