back
CTIZAN AD

स्वर्गीय आचार्य आदर्श व्यक्तिः मन्त्री किराती

वि.सं.२०८० फागुन १५ मंगलवार

888 

shares

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गीत–सङ्गीतको धरोहर वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनले यस क्षेत्रलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा उनीप्रति श्रद्धाञ्जलि अर्पणपछि मन्त्री किरातीले भने, “आफ्नो जिन्दगीमा हजारौँ पराजय ब्यहोरेर पनि इतिहासले नबिर्सिने व्यक्तिका रुपमा विजय हासिल गर्नुभएको छ, हामी कहिल्यै उहाँको योगदान भुल्ने छैनौँ ।”

मन्त्री किरातीले स्व आचार्यले जीवन्त गीत गाएर छोडेको भन्दै उनी बाँच्नेहरुका निम्ति आदर्श व्यक्तिका रुपमा रहने बताए । उनले आचार्यका नाममा नेपाल सरकारले केही काम गर्ने प्रतिबद्धता पनि जनाए । उनले भने, “उहाँ र उहाँको लोकप्रिय गीत–सङ्गीतलाई हामी कहिल्यै बिर्सने छैनौँ । उहाँको सच्चा श्रद्धाञ्जलिका निमित्त हामीले धेरै काम गर्नुपर्ने छ । नेपाल सरकार उहाँको योजना र उहाँले देखेको सपना पूरा गर्न सदैव साथमै छ ।”

आचार्यप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीन दशकअघि नै उनकोे गला अवरुद्ध भएको स्मरण गर्दै गाउने मान्छे गाउन नै नपाएपछि कति ठूलो पीडा भयो होला भनेर कल्पना पनि गर्न नसकिने बताए ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले स्व आचार्यको निधनले नेपाली गीत–सङ्गीत क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए । श्रद्धाञ्जलि अर्पणपछि अहिले उनकोे पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको छ ।

भजन शिरोमणि उपाधि पाएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा निधन भएको थियो । विसं १९९९ मा धनकुटामा जन्मिएका आचार्यको नेपाली सुगम सङ्गीतमा महत्वपूर्ण योगदान छ । आचार्यले करिब चार सय गीतमा आवाज तथा सङ्गीत दिएका छन् ।

गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत–सङ्गीत क्षेत्रमै छन् ।

वि.सं.२०८० फागुन १५ मंगलवार १५:४७ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...