back
CTIZAN AD

महानगरद्वारा सञ्चालित ‘सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन सहयोग’ कार्यक्रम प्रभावकारी बन्दै

वि.सं.२०८० फागुन १६ बुधवार

1.1K 

shares

गण्डकी । पोखरा महानगरपालिकाले सञ्चालन गरेको ‘सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन सहयोग’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सुन्तला प्रशस्त फल्ने गरेका भरतपोखरी, हङ्सपुर, पुरञ्चौरलगायत स्थानमा ‘सिक्टस ग्रिनिङ’ (सुन्तलामा लाग्ने रोग, जसले उत्पादन घटाउँछ) सङ्क्रमणका कारण एक दशक अघि खेती सखाप भएको थियो ।

यहाँका फेदीपाटन, दोपहरे, खच्र्याङ, मास्पाटनलगायत स्थानमा भने अहिले पनि सुन्तला खेती गरिँदै आइएको छ । यहाँका सुन्तलामा असिनाका कारण क्षति पुगे पनि अन्य रोगजन्य सङ्क्रमण भने देखिएको छैन ।

सुन्तला भएका स्थानलाई लक्षित गरी पोखरा महानगरपालिकाले यहाँको वडा नं २१ र २२ मा चार वर्षदेखि सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको महानगरका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । कार्यक्रमसँगै परम्परागत रुपमा सुन्तला खेती गर्दै आएका किसानले बगैँचा व्यवस्थापनमा ध्यान दिन थालेको उनले बताए ।

कार्यक्रमअन्तर्गत प्रोत्साहन अनुदान प्राप्त गर्नका लागि किसानले मलखाद, बोडो पेस्ट, बोडो मिक्स्चर स्प्रे गरी छापो प्रयोग गर्नुपर्दछ । अघिल्लो वर्षसम्म उक्त प्रक्रिया पूरा गरेका किसानलाई प्रतिबोट रु एक सय उपलब्ध गराएको महानगरले यस वर्ष प्रतिबोट रु एक सय ५० उपलब्ध गराउने भएको छ ।

आवश्यक प्रक्रिया पूरा गर्नका लागि ३५ दिने समयावधिसहित माघ मसान्तसम्म समय दिएर सूचना निकालिएको जानकारी दिँदै कडरियाले प्राप्त निवेदन अनुसार आवश्यक मापदण्ड पूरा गरेका किसानलाई अनुगमन पश्चात् सहयोग उपलब्ध गराइने जानकारी दिए । यसवर्ष लगभग २५ हजार बोटका लागि प्रोत्साहन अनुदान प्रदान गरिने उनले बताए ।

उक्त कार्यक्रम लागू भएपछि सुन्तला उत्पादनमा पनि वृद्धि भएको किसान बताउँछन् । असिनाको प्रकोप व्यहोर्न नपर्ने हो भने यस क्षेत्रमा सुन्तलाबाट मनग्य आम्दानी हुने गरेको उनीहरूको भनाइ छ । कार्यक्रमअन्तर्गत अघिल्लो वर्ष किसानलाई लगभग रु २५ लाख प्रोत्साहन अनुदान उपलब्ध गराइएको प्रमुख कडरियाले जानकारी दिए ।

 

वि.सं.२०८० फागुन १६ बुधवार १५:१५ मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...