काठमाडौं । आज साताको पाँचौ दिनको दिन सुनको मूल्य बढेको छ । आज बिहिबार २ सय रुपैयाँ बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो बुधबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो १ लाख १७ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै चाँदीको मूल्य स्थिर रहेको छ । बिहीबार पनि अघिल्लो दिनकै मूल्य तोलामा १ हजार ३७५ रुपैयाँमा चाँदीको कारोबार भएको छ ।
वि.सं.२०८० फागुन १७ बिहीवार १२:०५ मा प्रकाशित






























