back
CTIZAN AD

विद्यालयलाई प्रविधिमैत्री बनाउन वडा कार्यालयद्वारा ल्यापटप वितरण

वि.सं.२०८० फागुन २१ सोमवार

879 

shares

बलेवा (बागलुङ) । बागलुङको जैमिनी नगरपालिका–१ को वडा कार्यालयले वडाभित्र रहेका पाँच सामुदायिक विद्यालयलाई ल्यापटप उपलब्ध गराएको छ ।

विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले विद्यालयबाट माग भई आएका निवेदनका आधारमा ल्यापटप वितरण गरिएको हो । प्राथमिक तह सञ्चालनमा रहेका विद्यालयलाई प्रविधिमैत्री शिक्षण सिकाइका लागि ल्यापटप उपलब्ध गराइएको वडाध्यक्ष विष्णु आचार्यले बताए ।

विद्यालयमा मात्रै नभई प्रयोगात्मक काममा विद्यालय बाहिर जाँदा पनि ल्यापटप लैजान सजिलो हुने भएकाले विद्यालयलको मागका आधारमा ल्यापटप हस्तान्तरण गरिएको उनले बताए ।

वडाध्यक्ष आचार्यका अनुसार कुश्मी प्राथमिक विद्यालय, सिद्धिगणेश प्राथमिक विद्यालय, जनचेतना प्राथमिक विद्यालय, सरस्वती प्राथमिक विद्यालय र जैमिनी प्राथमिक विद्यालयलाई ल्यापटप प्रदान गरिएको छ । वडा कार्यालयमा आयोजित एक समारोहमा नगर शिक्षा अधिकारी खेम आचार्यले विद्यालयका प्रधानाध्यापकलाई ल्यापटप हस्तान्तरण गराएका थिए ।

वडामै रहेका शान्ति माध्यमिक विद्यालय र पल्लोपाखा सामुदायिक माध्यमिक विद्यालयलाई भने अन्य कार्यक्रममा सहभागी गराइने उनले बताए । चालु आर्थिक वर्षमा प्राथमिक विद्यालयमा ल्यापटप वितरणका लागि वडा कार्यालयले रु तीन लाख ५० हजार विनियोजन गरेको थियो । उहाँका अनुसार प्रतिल्यापटप रू ७० हजारका दरले खरिद गरिएको हो ।

“कम्तीमा प्राविधिक विषय प्रोजेक्टरका माध्यमबाट पढाउन सकियोस्, विद्यार्थीलाई शिक्षण सिकाइमा प्रविधिको प्रयोग गर्न सकियोस् भन्ने हो”, वडाध्यक्ष आचार्यले भने, “यो सुरुआत हो, यसको नतिजाका आधारमा बाँकी कार्यक्रम बनाउँछौँ ।” सामाजिक विकासका क्षेत्रमा पूर्वाधार विकासमा भन्दा धेरै लगानी गर्ने वडाको योजना छ ।

 

वि.सं.२०८० फागुन २१ सोमवार १५:३२ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...