back
CTIZAN AD

कांग्रेसले संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय

वि.सं.२०८० फागुन २२ मंगलवार

786 

shares

काठमाडौँ । नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । साथै पार्टीले संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय लिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

बैठकले २०७९ मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा साझा ढङ्गले गरिएका वाचा र निर्वाचनमार्फत मतदाताले दिएको कार्यादेशप्रति कांग्रेस प्रतिबद्ध रहेको तर त्यो कार्यादेशलाई बेवास्ता गर्दै प्रधानमन्त्री दाहालले अविश्वसनीयरुपमा अन्य राजनीतिक दलसँग सहकार्य गर्ने निर्णय गरेपछि त्यसप्रति असहमति जनाउँदै समर्थन फिर्ता लिएको उनले बताए ।

संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै सुधारोन्मुख अर्थतन्त्रलाई गति प्रदान गर्दै नागरिक पङ्क्तिमा नवीन आशा जगाएर अघि बढ्नुपर्ने समयमा गठबन्धन नियोजित ढङ्गले भत्काइएको निष्कर्ष बैठकले निकालेको महामन्त्री शर्माले जानकारी दिए ।

प्रधानमन्त्री दाहालको यो कदमले अन्योल र अस्थिरतालाई बढावा दिएको कांग्रेसको ठम्म्याइ छ । बैठकले यो घटनालाई गम्भीर ढङ्गले लिँदै संसद्मा प्रतिपक्षको भूमिका सशक्तरुपमा निर्वाह गर्ने निर्णय गरेको छ ।

बैठकले स्वदेश र विदेशमा रहेका कांग्रसका सदस्य, समर्थक र शुभचिन्तकहरुलाई बदलिएको परिस्थितिमा एकताबद्ध भएर देश र नेपाली नागरिकप्रतिको आफ्नो जिम्मेवारी निर्वाह गर्दै सङ्गठनमा समर्पित हुन अपिल गरेको छ ।

वि.सं.२०८० फागुन २२ मंगलवार २१:४१ मा प्रकाशित

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...