back
CTIZAN AD

बागलुङ बजारमा भेटियो म्याद गुज्रेका पेयपदार्थ

वि.सं.२०८० फागुन २२ मंगलवार

1.4K 

shares

बलेवा (बागलुङ) । बागलुङका ग्रामीण बजारका अधिकांश पसलमा म्याद गुज्रेका पेयपदार्थ फेला परेका छन् ।

जिल्ला प्रशासन कार्यालय, उपभोक्ता मञ्च, बागलुङ नगरपालिका, खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय र पर्यटन कार्यालयको संयुक्त अनुगमन टोलीले अनुगमनका क्रममा म्याद गुज्रेका सामग्री फेला पारेको हो । अनुगमन टोलीले बागलुङ नगरपालिका–१४ नारायणस्थान र १३ पैँयुपाटाका पसलमा अनुगमन गरेको थियो ।

व्यवसायीले म्याद गुज्रेका सामग्री र उपभोग्य सामग्री एकै ठाउँमा राखेर बिक्री गरेको फेला परेपछि सबै पेय पदार्थ जफत गरेर नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । “जुन पसलमा पस्यो उसैमा म्याद गुज्रेका पेय पदार्थ भेटिए, हामीले स्थानीय जनप्रतिनिधिको रोहवरमा नष्ट गरेर सचेत गराएका छौँ”, बरालले भने, “उपभोक्ता र बिक्रेतामा अझै पनि सचेतनाको आवश्यकता देखियो ।” कोकाकोला कम्पनीका कोक, फेन्टा, स्प्राइट सबैभन्दा धेरै म्याद गुज्रेका भेटिएका थिए । अघिल्लो गर्मीयाममा राखेका पेय पदार्थको म्याद गुज्रेको व्यवसायीले ख्याल नगरेको पाइएको हो ।

“पटक–पटकभन्दा पनि कम्पनी र डिलर फिर्ता लिन आउँदैनन्, बेच्न आउँदा जबरजस्ती धेरै भिडाएर जान्छन्, बिक्री हुन्न अनि म्याद गुज्रिन्छ”, नारायणस्थानका स्थानीय व्यवसायी महेन्द्र जिसीले भने, “ठूला व्यवसायीका कारण मर्का पर्ने गरेको छ ।” केही पसलहरुले उचित भण्डारण नगरेको, म्याद गुज्रेका सामग्री अलगै राखेको नपाइएको र रङ मिसिएका खाद्य वस्तु बिक्री गरेको पाइएको उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताए । “हामीले उपभोक्ताको मागलाई ध्यानमा राखेर पसल अनुगमन गर्यौँ”, उनले भने, “तर बजारका अधिकांश पसलमा म्याद गुज्रेका सामग्री पाइयो, यो निकै डरलाग्दो स्थिति हो ।” पहिलो पटकका लागि सचेत गराइएको र दोहोरिए कारबाही गर्ने चेतावनी दिएको उनले बताए ।

अनुगमनका क्रममा भेटिएका सामग्रीमध्ये पीठो, फुरन्दाना, दालमोठ, बिस्कुट, चक्लेट, महलगायत खाद्य सामग्री पनि जफत गरिएको थियो । जफत गरिएका सामग्री व्यवसायी र स्थानीयकै रोहवरमा नष्ट गरिएको थियो । सोमबार बजारमा खाद्यान्न पसल अनुगमनका लागि टोली खटिएपछि पैँयुपाटा र नारायणस्थानका केही खाद्यान्न पसल गरेर बसेका व्यवसायीको भागाभाग भएको थियो । नारायणस्थानबाट अनुगमन थालिएपछि अधिकांश खाद्यान्न पसल बन्द गरेर व्यवसायी भागेका थिए ।

प्रशासनले यसपटक पसल बन्द गरी भागे पनि अर्को पटकको अनुगमनमा कसैलाई पनि उन्मुक्ति नदिने जनाएको छ । प्रशासनका प्रतिनिधि प्रहरी पनि भएकाले वडाका जनप्रतिनिधि र प्रहरीले जुनसुकै बेला अनुगमन गर्नसक्ने बरालले बताए । बलेवाका बजारमा रङ मिसिएका मिठाई तथा अन्य खाद्यपदार्थलाई पनि कठाइका साथ हेरिएको थियो । जेरी, झिनिया, केक र मिठाइमा आखाद्य रङ मिसिएको भेटिएपछि तत्काल जफत गरेर नष्ट गरिएको थियो ।

 

वि.सं.२०८० फागुन २२ मंगलवार १६:४० मा प्रकाशित

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...