back
CTIZAN AD

नदीजन्य पदार्थबाट आठ करोड बढी राजस्व सङ्कलन

वि.सं.२०८० फागुन २२ मंगलवार

882 

shares

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिकाले नदीजन्य पदार्थबाट चालू आर्थिक वर्षमा रु आठ करोड बढी राजस्व सङ्कलन गर्ने भएको छ ।

यस वर्ष नदीजन्य पदार्थ उत्खननका लागि समयमै बोलपत्र आह्वान गरी रु आठ करोड ६७ लाख ९६ हजार नौ सयमा ठेक्का सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिए । “विगतका वर्षमा नदीजन्य पदार्थको ठेक्का नलाग्दा राजस्व सङ्कलनमा कमी भए पनि गत आर्थिक वर्षदेखि ठेक्का प्रक्रियाबाट राजस्व सङ्कलन हुँदै आएको छ”, देवकोटाले भने, “यस आर्थिक वर्षमा राप्ती सोनारी गाउँपालिकाअन्तर्गत पर्ने विभिन्न पाँच घाटको नदीजन्य पदार्थको एकमुष्ट ठेक्का लगाएका छाँै ।”

नवलपरासीको सरवल गाउँपालिका–१ स्थित चुर कन्स्ट्रक्सन एन्ड ढकाल सप्लायर्सले पाँचवटै घाटको नदीजन्य पदार्थको एकमुष्ट ठेक्का सम्झौता गरेको उनले जानकारी दिए । गाउँपालिका–२, ४, ५, ६ र ९ मा पर्ने बग्दैलाघाट, सिधनियाघाट, आलिनगरी, खल्लाटपरी घाट र जलालाघाटको ठेक्का सम्झौता भएको हो ।

नदीजन्य पदार्थको समयमै ठेक्का सम्झौता भएकाले चोरी–निकासीको समस्या कमी भएको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए । विगतमा नदीजन्य पदार्थको चोरी–निकासी रोक्न जनप्रतिनिधिसहितको टोलीले क्रसर उद्योग र घाटगद्दीको निरीक्षण, अनुगमन गर्ने कार्य गरेको उल्लेख गर्दै उनले गाउँपालिका क्षेत्रमा भएका प्राकृतिक स्रोतको अधिकतम उपयोग गरी गाउँपालिकालाई समृद्ध गर्नतर्फ आफू अग्रसर भएको बताए ।

 

वि.सं.२०८० फागुन २२ मंगलवार १६:२८ मा प्रकाशित

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...