back
CTIZAN AD

लुकाइछिपाइ ल्याएको ११ लाखसहित चार जना प्रहरीको नियन्त्रणमा

वि.सं.२०८० फागुन २७ आइतवार

939 

shares

मनहरि । मकवानपुर प्रहरीले लुकाइछिपाइ ल्याएको रु ११ लाख ५० हजारसहित चारजनालाई नियन्त्रणमा लिएको छ । पूर्व–पश्चिम सडक खण्ड अन्तरगत हेटौँडा—१५ स्थित प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा वीरगञ्जबाट नारायणघाट तर्फ जाँदै गरेको बिआर ०१ एआर २९९१ नम्बरको इन्डियन कारलाई शङ्का लागेर रोकी जाँच गर्ने क्रममा उक्त कारको सिटमुनी लुकाइछिपाइ ल्याएको अवैध रकमसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।

पक्राउ परेकाको साथबाट एक हजार ४२ थान भारतीय पाँच सयको नोट अन्दाजी पाँच लाख २१ हजार, दुई सयका ९३ थान, १८ हजार ६००, एक सयका ९३ थान, नौ हजार ३००, रु ५० को नोट चार थान गरी जम्मा भारतीय रु पाँच लाख ४९ हजार १०० र नेपाली रुपैयाँ हजारको नोट १५० थान, रु ५०० को दुईसय थान गरी नेपाली रु दुई लाख ५० हजार फेला परेको प्रवक्ता भण्डारीले बताए ।

रकमसँगै कार चालक भारत विहार राज्य सीतामणि थाना ९९ भूभैरवो बस्ने वर्ष ३० का राकेशकुमार र सोही कारमा सवार वर्ष ३० को चन्द्रबाबु, वर्ष ३७ को अशोक राय, जिल्ला सुनसरी कोशी गाउँपालिका– ४ बस्ने वर्ष ३२ को निजाम मियाँसमेत चारजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीले जानकारी दिए ।

 

वि.सं.२०८० फागुन २७ आइतवार १६:१० मा प्रकाशित

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

काठमाडौं। नेपालको उच्च शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा सशक्त बनाउने उद्देश्यसहित...