back
CTIZAN AD

भर्जिनियामा भजन शिरोमणी भक्तराज आचार्यको सम्झना

वि.सं.२०८० फागुन २८ सोमवार

1.1K 

shares

अमेरिका । अमेरिकाको भर्जिनिया राज्यको आश्बर्न शहरको एक पुस्तकालयमा भजन शिरोमणी स्व भक्तराज आचार्यलाई श्रद्धासुमन अर्पण गर्दै सांगीतिक श्रद्धान्जली समारोह सम्पन्न गरिएको छ ।

सांगीतिक श्रद्धान्जली समारोहमा भजन शिरोमणी स्व भक्तराज आचार्यका कालजयी गीतहरु प्रस्तुत गरियो । साथै त्यहाँ उनका तस्बिरमा समारोह अगाडी नै पुष्पगुच्छा तथा माल्यार्पण गरिदै श्रद्धान्जली दिईएको थियो ।

कार्यक्रममा कुनै आसन र भाषण नराखी समारोहको समन्वय गरेका संचारकर्मी सहदेव पौडेलले कार्यक्रमको शुभारम्भ गरेका थिए । पौडेलले कार्यक्रम उद्धेश्यबारे र संक्षेपमा भजन शिरोमणी स्व आचार्यको बारेमा प्रकाश पारेका थिए ।

आमन्त्रित गरिएका डा अनुप पहाडी (विद्या वारिधि) तथा दिनेश आचार्यले संक्षेपमा भजन शिरोमणी स्व भक्तराज आचार्यको बारेमा बोलेका थिए । वक्ता दुवैले भजन शिरोमणीले ४०० भन्दा ज्यादा गीत गएको र उनको बाल्यकाल जीवनको साथै संघर्षका बारेमा समेत बोलेका थिए ।

डा पहाडी गीतकार पनि भएकोले उनका सुपुत्रहरु सत्य र स्वरुपले आफ्नो गीत गएको सन्दर्भ उल्लेख गर्दै नेपालमा भजन शिरोमणीसँग भेटघाट भएको बताए ।

सांगीतिक श्रद्धान्जली समारोहमा गायक तथा संगीतकार तथा सत्य तथा स्वरुपका गुरु समेत रहेका श्याम सुन्दर आचार्यले मन्त्रमुग्ध हुने कालजयी प्रख्यात गीतहरु प्रस्तुत गरेका थिए । उनले सुरुवात भजनबाट गरेका थिए । उनले हजार सपना, मुटु जलि रहेछ, यहा छन् बुद्धका आँखा, माया मेरी साँझ बनि लगायत करिव आधा दर्जन गीत प्रस्तुत गरे । त्यस्तैगरी कलाकार आयुष पुडासैनीले पनि बीच मै हजार आँखा हेर्ने एक गीत प्रस्तुत गरेका थिए ।

गायक श्याम सुन्दर आचार्यलाई दिपक आचार्य, रुपक श्रेष्ठ, आयुष पुडासैनीले साथ दिएका थिए ।

कार्यक्रम संचालन संचारकर्मी सहदेव पौडेलले गरेका थिए भने उनले समापन गर्नु अघि एउटा गीत प्रस्तुत गरेका थिए । कार्यकम ठिक १ घण्टा भित्र समापन गरिएको थियो ।

 

वि.सं.२०८० फागुन २८ सोमवार १३:२७ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

अतिक्रमित संरचना हटाइयो

अतिक्रमित संरचना हटाइयो

गण्डकी । सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि पोखरा...

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह(बालेन)को नेतृत्वमा रहेको वर्तमान मन्त्रिपरिषद् आज...

आगलागीबाट १२ घर नष्ट

आगलागीबाट १२ घर नष्ट

राजविराज (सप्तरी) । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ मा आज भएको...