back
CTIZAN AD

दैनिक ११ घण्टा विद्युत् भार कटौतीले मारमा विद्यार्थी

वि.सं.२०८० चैत ३ शनिवार

801 

shares

सिमकोट (हुम्ला) । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक दिन ११ घण्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा एसइईको तयारी गरिरहेका विद्यार्थी मर्कामा परेका छन् । एसइईको परीक्षा नजिकिँदै गएको अवस्थामा विद्युत् भार कटौतीले उनीहरु मारमा परेका हुन् ।

विद्यार्थीले साँझको समयमा पढ्न नपाएको गुनासो गरेका छन् । एसइई दिने विद्यार्थीलाई मात्रै नभएर अन्यलाई पनि घरमा गृहकार्य तथा लेख पढ गर्न समस्या भएको छ । यही चैत १५ गतेदेखि एसइईको परीक्षा सुरु हुँदैछ । विद्यार्थीलाई रातिको समयमा पढ्न समस्या भएको छ ।

ट्युसनको भरमा एसइईको तयारी गरिरहेका विद्यार्थी दैनिक ११ घण्टा विद्युत् भार कटौतीबाट निरास छन् । “दैनिक ११ घण्टा विद्युत् भार कटौती हुन्छ, पढ्नै नपाएपछि कसरी पास हुनु ?”, खार्पुनाथ गाउँपालिका–३ स्थित हुम्ला मावि रायाका विद्यार्थी रेलबहादुर बुढाले गुनासो गरे । गाउँबाट सदरमुकाम आएर एसइईको तयारी गरिरहेको भए पनि रातिको समयमा पढाइमा बाधा पुगेको उनको भनाइ छ ।

दैनिक ११ घण्टा विद्युत् भार कटौतीले विद्यार्थी मात्र होइन अन्यलाई पनि सास्ती भएको छ । जिल्लाका सरकारी कार्यालयको प्रशासनिक काम तथा सदरमुकामस्थित व्यापार–व्यवसाय पनि प्रभावित बनेको छ । कुन समय कतिबेला र कति पटक विद्युत् भार कटौती हुन्छ भन्ने समय तालिका नभएका कारण पनि सेवाग्राही बढी समस्यामा छन् । विद्युत् भार कटौतीपछि सिमकोटमा दाउराको माग बढेको छ । एक भारी दाउराको सिमकोटमा रु एक हजार तिर्नुपर्ने अवस्था छ ।

नेपाल विद्युत् प्राधिकरण हुम्लाका निमित्त प्रमुख सुशील थारुले प्राधिकरणले ‘लोडसेडिङ’को तालिका नबनाएको स्विकारे । तालिका बनाउँदा सेवाग्राहीलाई थप असर पर्ने उहाँको भनाइ छ । हिल्दूस्थित साना जलविद्युत् आयोजनाको मुहानमा पानीको स्रोत घटबढ भइरहने भएकाले विद्युत् उत्पादन पनि कहिले कम कहिले बढी भइरहने कारणले विद्युत् भार कटौतीको तालिका बनाउन समस्या भएको निमित्त प्रमुख थारुले बताए ।

वि.सं.२०८० चैत ३ शनिवार ०९:४७ मा प्रकाशित

आज चैत १ गते आइतवार: तपाईँको राशिफल कस्तो छ ?

आज चैत १ गते आइतवार: तपाईँको राशिफल कस्तो छ ?

मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले,...

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा १२औँ रचना वाचन सम्पन्न

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा १२औँ रचना वाचन सम्पन्न

काठमाडौँ । पुष्पपराग साहित्य प्रतिष्ठान को आयोजनामा १२ औँ रचना...

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ...

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय...

आयात नियमित हुँदा पनि ग्याँस पाउन नसकेको उपभोक्ताको गुनासो

आयात नियमित हुँदा पनि ग्याँस पाउन नसकेको उपभोक्ताको गुनासो

सिद्धार्थनगर (भैरहवा) । भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको...