back
CTIZAN AD

पर्यटनको केन्द्र बनाउने उम्मेदवारको चुनावी मुद्दा

वि.सं.२०७४ वैशाख २५ सोमवार

573 

shares

 

२५ वैशाख, बाबियबाचौर (म्याग्दी) । भौगोलिक हिसाबले म्याग्दीको सबैभन्दा ठूलो धौलागिरि गाउँपालिकाको चुनावी मैदानमा उत्रिएका उम्मेदवारले धौलागिरिलाई पर्यटनको केन्द्र बनाउने चुनावी मुद्दालाई प्राथमिकता दिएका छन् ।

एक हजार ३७ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको सात वटा वडा रहेको धौलागिरि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन् भने एमालेका उम्मेदवार एक्लै चुनावी मैदानमा उत्रिएका छन् ।

साविकको गुर्जा, लुलाङ, मुना, मुदी, मल्कवाङ, मराङ र ताकम गाविस समावेश भएको धौलागिरिमा १४ हजार १०४ जनसङ्ख्या र जिल्लामा सबैभन्दा कम नौ हजार ३३४ जना मतदाता रहेका छन् ।

सोह्र वटा पदका लागि ८५ जना चुनावी मैदानमा उत्रिएका छन् । धौलागिरि गाउँपालिकाका उम्मेदवारले आफ्नो पार्टीले केन्द्रीय स्तरमा तयार पारेका घोषणापत्रका साथै स्थानीय मुद्दालाई समेत अघि सारेका छन् । यस गाउँपालिकामा संसारको साताँै अग्लो (८१६७ मिटर) धौलागिरि, गुर्जालगायत हिमाल रहेको, ढोरपाटन सिकार आरक्ष, धौलागिरि चक्रिय र गुरील्ला पदमार्गको प्रवेशद्वार रहेको छ ।

काँग्रेस र माओवादी केन्द्रको तालमेलमा अध्यक्षको उम्मेदवार बन्नुभएका माओवादीका रिमप्रकाश थापाले कृषि, पर्यटन, वनपैदावार, जलस्रोतको सम्भावना रहेको धौलागिरि गाउँपालिकामा सडक विस्तार, स्तरवृद्धिका साथै जलजला, गुर्जा, धौलागिरि आधार शिविर क्षेत्रमा पर्यटनको विकास गर्ने योजनालाई प्राथमिकता दिने बताउनुभयो ।

एमालेबाट अध्यक्षको उम्मेदवार बन्नुभएकी थमसरा पुनले पर्याप्त मात्रामा रहेको प्राकृतिक स्रोत साधन र जनशक्ति परिचालन गरी रोजगारी सिर्जनामार्फत युवालाई विदेशिनु पर्ने बाध्यताबाट मुक्त गर्ने, धौलागिरि आधार शिविरसम्म सहज पदमार्गको पहुँच पु¥याउने योजना अघि सार्नुभएको छ ।

अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारलाई सघाएको नेपाली काँग्रेसबाट उपाध्यक्षका उम्मेदवार डम्मर भण्डारीले गाउँपालिकाको केन्द्रको विषयमा उत्पन्न विवादले सिर्जना भएको तित्ततालाई मेटाएर एकताको वातावरण सिर्जना गराउने, जलविद्युत्, खानी, जडीबुटी, पर्यटन क्षेत्रमा लगानी भित्र्याउने योजना रहेको बताउनुभयो ।

उपाध्यक्षमा भण्डारीसँगै एमालेका युवा नेता रेशम छन्त्याल चुनावी मैदानमा उत्रिनुभएको छ । केन्द्रको विषयमा करिब दुई महिना चलेको आन्दोलनलाई थाँती राखेर गाउँपालिकाका सबै पक्ष चुनावमा होमिएका छन् ।
निर्वाचनको तयारी अन्तिम चरणमा

आगामी आइतबार पहिलो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।

जिल्ला निर्वाचन, मुख्य, निर्वाचन अधिकृतको कार्यालय र सुरक्षा निकायले मतदानको मिति नजिकिँदै गर्दा जनशक्ति व्यवस्थापन र सुरक्षा तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।
दुईसय २४ जना मतदान र सहायक मतदान अधिकृतलगायतका कर्मचारीलाई तालिम दिइ नियुक्तपत्र दिएर मतदान स्थलमा खटाउने तयारी भएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताउनुभयो ।
प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, दुई जना सहायक कर्मचारी, एक जना सहयोगी तथा दुई जनाका दरले स्वयम्सेवक परिचालन हुने भएका छन् । बदर मतको दर घटाउन जिल्लाभर १०२ जना निर्वाचन तथा मतदाता शिक्षा स्वयम्सेवक परिचालन भएका छन् ।
म्याग्दीमा ३७ हजार ६७२ जना महिला, ३३ हजार ७६० जना पुरुष र एक जना तेस्रो लिङ्गी गरी ७१ हजार ४६३ जना मतदाता रहेका छन् । २३७ पदका लागि ५९४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

वि.सं.२०७४ वैशाख २५ सोमवार ०५:२६ मा प्रकाशित

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

कञ्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै...